42
Shares
ताइपेय, एजेन्सी । पटक पटक ताइवानी क्षेत्रमा चिनियाँ लडाकु विमान र नौंसैनिक जहाजहरु घुसपैठ गरेको खुलाशा ताइवानी रक्षा मन्त्रालयले गरेका छन् ।
११ चिनियाँ सैन्य लडाकु विमान र ८ नौसैनिक जहाज ताइवान क्षेत्रमा घुसपैठ गरेर अन्तरराष्ट्रिय मूल्यमान्यताको धज्जी उडाएकोमा ताइवानी रक्षा मन्त्रालयले सोको प्रतिवाद गर्ने जनाएका हुन् ।
ताइवानले सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्म देशभरीमा ११ चिनियाँ सैन्य विमान र आठ नौसैनिक जहाज फेला पारेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
जवाफमा, ताइवानले विमान र नौसेना जहाजहरू पठायो र चीनको गतिविधिलाई निगरानी गर्न वायु रक्षा मिसाइल प्रणालीहरू तैनाथ गरेका छन् । रिपोर्टका अनुसार, ताइवानले अप्रिलमा अहिलेसम्म १३६ पटक चिनियाँ सैन्य विमानलाई ट्र्याक गरिसकेको जनाएका छन् ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन