नेपाली भु भाग अतिक्रमण गरेकोमा चिन विरुद्ध लोसपाको प्रदर्शन

तराई टप संवाददाता
काठमाडौं, २ असोज । चाईनाद्धारा नेपाली भु भाग अतिक्रम गरेर भवन निर्माण गरिदा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट भातृ संगठनहरुद्धारा काठमाडौंमा चिन विरुद्ध प्रदर्शन गरिएको छ ।
महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट युवा संघ र विद्यार्थी संगठनले चीनविरुद्ध प्रदर्शन गरेको हो ।
उत्तरी छिमेकी मुलुक चीनले नेपालको ११ स्थानमा भूमि अतिक्रमण गरेको दावी गर्दै सो प्रदर्शन गरिएका छन् । नेपालको ७ जिल्लाको ११ ठाँउमा करिब ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गर्नुका साथै हुम्ला संग जोडिएको सिमाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न तथा अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गराउन माग गर्दै सो विरोध प्रदर्शन गरिएको युवा नेता मुकेश झाले बताए ।
सरकारले बनाएको समितिले बुझाएको प्रतिवेदन सार्वजनिकको माग पनि लोसपाले राखेको छ । युवा अध्यक्ष मुकेश झाको नेतृत्व र विद्यार्थी नेता रन्जित झा, युवा अध्यक्ष रञ्जित सिंह, नेता प्रमोद झा, प्रमेश साह, ज्ञानेन्द्र झा लगायतको उपस्थिति थियो ।