ओमान, ५ वैशाख । एसिसी प्रिमियर कप अन्तर्गतको अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटबाट हराएका छन् ।
बर्षाका कारण २० ओभरबाट ८ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर साउदी अरेबियालाई ब्याटिंगको लागि आमन्त्रण गरेका थिए । साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउदै ७३ रन बनाएको थियो ।
प्रतिउत्तरमा मैदानमा ओर्लिएका नेपालको लागि ओपनर ब्याटर नचलेपनि मिडिल अर्डरमा आएका ब्याटरले नेपाललाई जित दिएको छ ।
७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १६ रनमा नट आउट रहे ।
ओपनर कुशल भुर्तेल डक, आसिफ शेख र कुशल मल्ल २–२ रनमा आउट भए । एक समय २.२ ओभरमा १५ रनमा ३ को अवस्थामा पुगेको नेपाललाई गुलशन झा र दीपेन्द्रसिंह ऐरीले ३३ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ९ बलमा ३ चौका सहित १७ रनमा आउट भए । साउदीका ईश्ताक अहमदले २, उस्मान नाजिव र वाजी उल हसनले १–१ विकेट लिए ।
साउदी अरेवियाका ओपनर अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ३७ बनाएका थिए । अन्य कुनैपनि साउदीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए ।
नेपाल समूह ए बाट नेपालको जितबाट हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले यसअघि मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो ।
नेपालले शुक्रबार समूह बी को विजेतासँग सेमीफाइनल खेल्नेछ । प्रतियोगिताको विजेताले टी २० एसिया कप र शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन