सर्लाही, ६ वैशाख । भारतीय युवकको घाँटी काटेर फरार रहेका प्रतिवादीलाई ८ महिना पछि सर्लाही प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
गत साउन २५ गते विहान ८ बजेको समयमा सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नम्वर ४ लखन्देही पुलको मुनी पुरुष व्यक्तिको टाउँको मात्रै फेला परेकोमा सोको आवश्यक अनुसन्धान पश्चात शरिरहेको भाग खोजतलास गर्ने क्रममा साउन २७ गते साँझ ६.१५ बजेको समयमा लालबन्दी नगरपालिका वडा नम्वर १७ कालिनजोर पुल नजिकैको पूर्व पश्चिम लोकमार्ग देखि २० मिटर दक्षिणमा शरिर फेला परेको थियो ।
फेला परेका टाउको र शरिर एकै व्यक्तिको भएको खुलेपछि भारत सीतामढी जिल्ला पुनौरा गाउँ पोष्ट मनियार ५ का २३ बर्षिय गोलु भन्ने अभिषेक राजको रुपमा सनाखत भएका थिए । राजलाई हत्या गर्नमा सीतामढी जिल्ला सोनबर्षा थाना पुरनदहा राजवाडा पश्चिम ५ का २७ बर्षिय रंजित कुमार बैठाले घाँटी छिनाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
सोही समय देखि भारतीय युवक बैठाको सर्वाधिक खोजिको सूचीमा राखेका सर्लाही प्रहरीलाई ठूलो सफलता हात लागेका छन् । मलंगवा नगरपालिका वडा नम्वर ८ सिमावर्ती क्षेत्र गोरखकालीमा लागेको महायज्ञ मेलामा घुमिरहेको जानकारी पाउना साथ फरार प्रतिवादी बैठालाई ८ महिना पछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका फरार प्रतिवादीलाई प्रहरी हिरासतमा राखेर कर्तव्य ज्यान मार्ने कसुर मुद्दामा अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन