गौर आँखा अस्पतालका कर्मचारीद्वारा विमाको रकम माथि गिद्धे दृष्टि

94 Shares

रौतहट, ६ वैशाख । रौतहट सदरमुकाम गौर नगरपालिकाको पुरेनवामा रहेका गौरको शान एवं गौरव आँखा अस्पतालमा कार्यरत कर्मचारीले विमाको रकम माथि गिद्धे दृष्टि राख्दा सेवाग्रही मर्कामा परेको रहस्य खुलेका छन् ।
गौर आखा अस्पताल बिमा शाखाका कर्मचारीले केही उच्च पदस्थको साँठगाँठबाट विमाको रकम माथि चलखेल गर्दा सेवाग्राही मर्कामा परेपनि नियामक निकाय तथा सरोकारवालाहरु मुख दर्शक ? बनेर बसेका हुन् ।
नेत्र ज्योती संघद्वारा संचालित गौर आखा अस्पतालमा बिगत लामो समय देखि स्वास्थ्य बिमा शाखामा स्थाई रुपमा कार्यरत राम प्रित यादव (पद हेल्पर) ले विमाको कार्ड माथि गिद्धे दृष्टि राख्दै गगोरखधन्दा गरेर बर्षै पिच्छे सम्पति खडा गर्दै गरेको रहस्य अस्पताल भित्रैबाट सप्रमाण बाहिरिएका छन् ।
अस्पतालमा कार्यरत औषधी फाटका कर्मचारीले लिखित रुपमै जानकारी गराए अनुसार बिमा फाटका कर्मचारी यादव बिगत लामो समय देखि बिभिन्न व्यक्तिहरुको बिमा कार्ड दुरुपयोग गरी समन्धित व्यक्तिको जानकारी विना, बिना सहमति डाक्टरहरुको मिलिमतोमा उनीहरुको बिमा कार्ड दुरुपयोग गरेर महगो खालको औषधीहरु र चस्मा लिई सस्तो दाम मा बजारमा बिक्री गरेको प्रमाणहरु फेला परेका हुन् ।
सेवाग्राहीले दिएको विमा काडलाई यादवले व्यक्ति गत लाभ लिदै आएको छ भने कति जनाको विरामी पुर्जीमै विभिन्न प्रकारका औषधीहरु लेख्न लगाएर एक थरिको औषधी दिएर घर फर्काएको घटना को पनि लिखित रुपमै अस्पताल प्रशासनमा उजुरी सहितको गुनासो औषधी विक्रेता कर्मचारीले गरेको छ । सो बिषयमा बुझदा औषधी फाँटमा कार्यरत अजय साहले अस्पताल प्रशासनलाई ४ पटक भन्दा बढी जानकारी गराएपनि कुनै वास्ता नभएको बताइएको छ ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत संचालित शाखा रौतहट का पदाधिकारीहरु लाई समेत उक्त घटना हप्ता दिन अगाडी नै लिखित रुपमा गुनासो र जानकारी भएपनि समितिले पनि मौन बसी उक्त कर्मचारी लाई दण्डित गर्नुको साटो हेल्पर सरहको कर्मचारी लाई मेडिकल रेकर्डर सम्बन्धी थप जिमेवारीको पद दिएर ओहदा नियम संगत नमिलेपनि मिति २०८० वैशाख ५ गते देखि लागु हुनेगरी नै मौखिक आदेशमा अस्पताल प्रशासनले दिएको बझिएको छ । यता शाखा रौतहट समिति र व्यवस्थापन समितिले अधिकार बिहिनको नाटक गरेर निज यादवलाई सघाई रहेको श्रोतले बतायो । नेपाल नेत्रज्योति संघकै मातहतमा संचालित नेपाल नेत्रज्योति संघ शाखा रौतहट र त्यस अन्तर्गत संचालित नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल गौरको गौरबको रुपमा प्रख्यात र गुणस्तरीय सेवाले पहिचान बनाएको हुदा पनि केहि व्यक्ति बिशेषको कारण रौतहटको गौरब गौरको गरिमा माथि आँच पुर्याउदै आउदै गर्दा नियामक निकाय, सरोकारवाला निकाय र अस्पताल व्यवस्थापन समिति मौन समर्थनले गम्भीर प्रश्न चिन्ह खडा भएको ति श्रोतले भने ।
यस्ता कार्यहरु बिगत लामो समय देखि हुदै गरेको कुरा श्रोतको दाबी छ । अधिकृतकै रुपमा कामगर्ने कर्मचारी सुरेश कुमार साहले आफ्नै श्रीमतीको नाममा स्वास्थ्य बिमा लेख जारी गर्ने ईजाजत लिएर दिनभरी आस्पतालकै समयमा अधिकतम समय बिमा जारी गर्नमा व्यतित गर्ने गरेको पाइन्छ । सम्पूर्ण सरकारी बिमा कागजातहरुमा सुलेखा कुमारी को किर्ते हस्ताक्षर साहले गरेर भविष्यमा अस्पताललाई थप बदनाम हुने देखिए पनि स्थानिय भएकाले पदाधिकारीहरु समेत मौन बसी चित बुझाई र सहयोग गरेर अस्पतालको समय दिनहु दुरुपयोग गर्दै व्यक्तिगत लाभमै केन्द्रीत रहेको ति श्रोतले दाबी गर्छन् ।
लामो समयदेखि पदाधिकारीहरुलाई प्रभावमा लिई गैरकानुनी कार्यहरु गर्दै यादबकै पक्षमा उभिएको श्रोत ले बताए । एक चस्मा पसलका अनुसार अनुसार कतिपय कर्मचारीहरुको गेट बाहिर चस्मा पसल भएकाले उक्त कर्मचारीको काम भन्दा बढी ध्यान आफ्नो व्यक्तिगत लाभ मै रहेको कुरा व्यवस्थापन पक्षलाई थाहा हुदाहुदै पनि त्यस्ता कर्मचारीलाई साधारण सरुवा प्रक्रियामा समेत असपतालले लान नसक्नु कहिँ कतै सेटिंगमै चलेको त छैन् प्रष्ट रुपमा बुझिन सकिन्छ ति श्रोतले भने ।
अस्पतालको प्राथमिकता मा पर्ने खाजा घर समेत संचालनमा नआउनु, भारु नेपालीले गर्दा बिरामीहरु हजार नेपाली को नोट ६ सय भरुमै गेट बाहिर साट्नु बाध्यता हुदा पनि कसैको आखा किन नगएको होला ? खाजा घरको कुरा बिगत लामो समयदेखि चलेपनि असपतामै कार्यरत केही कर्मचारीको कारण सो खाजा घर संचालन मा नआएको र अस्पतालका पदाधिकारीहरु ति कर्मचारीकै प्रभावमा परेर व्यक्ति लाभ बाहेक केहि नभएको आरोप होटल ब्यबसायीहरुले सामुहिक रुपमै लगाए ।
गौर नपा वडा नम्वर ८ मा रहेको उक्त अस्पतालको मेन गेट अगाडीनै कानुन बिपरित मानवजीवन संग खेलवाड गर्दै बिना ईजाजत औषधी पसल र चस्मा पसलहरु संचालनमा रहेपनि स्थानीय सरकारलाई बुझाउनु पर्ने कर समेत न बुझाएको संख्या दर्जन भन्दा बढी रहेको कुरा स्रोतबाट बुझिएको छ ।
गौर नगरपालिका को ध्यानमा न गएको होल्ला ? गौरको गौरब गौर आखा अस्पतालमा रहेको कुरा सार्बजनिक मंचबाटै गरेपनि नगरपालीकामा रहेका चस्मा र औषधी पसल बिना ईजाजत संचालन भएकाहरु माथि किन कारवाही भएन् ? प्रश्न उठ्नु स्वभाविकै हो ।
स्मरणीय छ की, मानव जीवन संघ खेलवाड गर्ने माथि कडा भन्दा कडा कारवाही कहिले होला ? कसले गर्ला ? नियामक कि सरोकारवाला निकाय कि आम जनता स्वयम ले गर्ला ? किन सरोकारवाला निकाय मौन रहेको छ ? यस्ता गम्भीर प्रश्न आम जनताहरुले गरिरहेको ति श्रोतले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार