तराई टप अनलाईनको सम्पादक प्रभातकुमार झा जनसेवा श्रीबाट सम्मानित हुने

   ३ आश्विन २०७८, आईतवार ११:४६  

तराई टप डेष्क
संविधान दिवशको अवसरमा राष्ट्रपति कार्यालयद्धारा सार्वजनिक गरिएको जन सेवा श्री पुरस्कारबाट सम्मानित हुने सुचीमा तराई टप अनलाईनका सम्पादक, प्रबन्ध निर्देशक एवं संचालक प्रभातकुमार झाको नाम सिफारिस भएकोमा सर्व प्रथम नेपाल सरकारलाई तराई टपले धन्यवाद दिन चाहन्छ ।
राजधानी बाहिर मोफसलमा रही त्यसमा पनि रौतहट जिल्लामा रहेर लामो समय देखि पत्रकारिता क्षेत्रमा श्रमजिवी भई कार्यरत रहदा ढिलै भएपनि मूल्याँकनको आधारमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयद्धारा संविधान दिवशको अवसरमा विभुसित हुने पत्रकारहरुको सुचीमा तराई टपको संचालक झा पर्नु भएको अत्यन्तै खुशी लागेको छ ।
शिक्षा विषयमा स्नातक उतिर्ण गरेका प्रभातकुमार झा रौतहटको तत्कालिन मत्सरी गाविस ९ हाल दुर्गा भगवती गाउँपालिका ३ मत्सरी निवासी हुनुहुन्छ ।

शिक्षा विषयमा स्नातक उतिर्ण गरेका प्रभातकुमार झा रौतहटको तत्कालिन मत्सरी गाविस ९ हाल दुर्गा भगवती गाउँपालिका ३ मत्सरी निवासी हुनुहुन्छ । मध्ययम वर्गिय परिवारका सदस्य स्वर्गीय उदयनारायण झा वुवा .(आमा) श्रीमती मुन्द्रिका देवी झाको तिन छोरी र एक छोराको रुपमा जन्मिनु भएको झा २०५४ सालमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति (रासस) को रौतहट संवाददाताको रुपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थिए ।

 

मध्ययम वर्गिय परिवारका सदस्य स्वर्गीय उदयनारायण झा वुवा .(आमा) श्रीमती मुन्द्रिका देवी झाको तिन छोरी र एक छोराको रुपमा जन्मिनु भएको झा २०५४ सालमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति (रासस) को रौतहट संवाददाताको रुपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका थिए ।
दुई बर्ष सम्म राससमा काम गर्दै विभिन्न पत्रकारिता सम्बन्धि तालिमहरु लिदै निजी क्षेत्रका राजधानी दैनिक पत्रिकामा आबद्ध भए, निजी क्षेत्रमा कार्यरत १ बर्षमै सम्पादक पुरुषोत्तम दहालको टिम राजधानी दैनिकबाट बाहिरीदा संगै त्यहाँबाट विदा भए पश्चात पुन ः निजी क्षेत्रमै संचालित आप्का हाउसमा प्रवेश गर्दै द हिमालयन टाइम्समा हाल सम्म कार्यरत रही समाज, जिल्ला र राष्ट्रको उन्नती प्रगति हुने कार्यमा सकारात्मक रुपमा कलम चलाउदै आएको झालाई जनसेवा श्री बाट बिभुषित हुने अवसरमा नाम सिफाशि हुनु आफैमा गौरवान्ति भएको छणको रुपमा तराई टपले लिएको छ ।
पत्रकारिता क्षेत्रमा दुई दशक पार गरिसकेका झाले नयाँ दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट २०६३ सालमा पत्रकारिता तालिम समेत प्राप्त गरिसक्नु भएको छ । मध्य तराई मिडिया प्राली दर्ता गराएर तराई टप नेपाली भाषाको अनलाईन रौतहटको दुर्गा भगवती गाउँपालिकाबाट संचालनमा ल्याएको झण्डै डेढ बर्ष वित्न लागेको छ । रौतहटको पत्रकारितालाई अझ गुणस्तरिय बनाउन, यस क्षेत्रमा लागेका संचारकर्मीहरुलाई समाज र मुलुक प्रति सकारात्मक सोचका साथ अघि बढाउन तराई टप अनलाईनले राम्रो सन्देश दिन प्रयास गरेको हुँदा यसलाई सकारात्क रुपमा लिई आफनो जवाफदेहितालाई पुरा गराउने कार्यमा अघि बढ्न समेत अपिल गर्दै सतमार्गमा हिड्दा आज न भोली समाज र देशले पत्याउनुको साथै सोको उचित मुल्याँकन हुदा आफूले गरेको कार्य प्रति गौरवान्ति महसुस गर्ने अवसर प्रदान हुने भएको हुँदा रौतहटको पत्रकारिता क्षेत्रलाई उज्जवल बनाउन नयाँ पुस्ताहरु संयमित, अनुशासित, धर्यवान, भई सहि दिशामा अगाडी बढ्न समेत तराई टप प्रबन्ध पक्षले हार्दिक अपिल गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै