एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएई संग पराजित

   ७ बैशाख २०८१, शुक्रबार १५:११  

रौतहट, ७ वैशाख । एसीसी प्रिमियर कप २०२४ को बलियो टिम मानिएको नेपाल सेमिफाइनलमा नराम्ररी ढंगबाट पराजित भई एसिया कप खेल्ने सपना चकनाचुर भएका छन् ।
नेपाली ब्याटरको शर्मनाक प्रर्दशनका कारण सेमिफाइनलमा युएई संग ६ विकेटबाट पराजित हुँदै यात्रा टुंगिएका हुन् ।
नेपालले प्रस्तुत गरेको १२० रनको लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान सुरक्षित गर्यो । युएईका ओपनर अलिशान शराफुले ४१ बलमा ५ चौका र २ छक्कासहित ५५ रन र आयन खान ३ रनमा नटआउट रहे ।
कप्तान मोहम्मद वासिम ११, विष्णु सुकुमारन २८, आसिफ खान १० र सैइद हैदर १४ रनमा आउट भए । नेपालका गुलशन झाले २, ललित राजवंशी र सोमपाल कामीले १÷१ विकेट लिए ।
यसअघि ओमानको मस्कट स्थित अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।
ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट हुन पुगेका थिए ।
तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ तथा गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भएका थिए ।
युएईका जुनैद सिद्दिक, बासिल हामिद र अली नासिरले २–२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १–१ विकेट लिए । योसँगै टी–२० विश्वकप पछि हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।
गतवर्षको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै एकदिवसीय एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।
नेपालले अब तेस्रो स्थानका लागि शनिबार ओमान र हङकङमध्ये एकसँग खेल्नेछ । दोस्रो सेमिफाइन खेलमा आज ओमान र हङकङबीच केही समयमा सुरु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै