भारतको ठूलो कूटनीतिक जीत

   ७ बैशाख २०८१, शुक्रबार १६:००  

नयाँ दिल्ली, एजेन्सी । इरानले जफत गरेको इजरायली जहाजमा रहेका सबै भारतीय चालक दलका सदस्यलाई फिर्ता गर्न सहमती गराएर भारतले ठूलो कूटनीतिक जीत हाँसिल गर्न सफल भएका छन् ।
भारतको लागि ठूलो कूटनीतिक जीतमा, इरानले कब्जामा लिएको इजरायली जहाजमा १६ जना भारतीय चालक दलका सदस्यहरूलाई रिहा गर्न सहमत भएका हुन् ।
“इरानले कब्जा गरेको MSC Aries मा सबै भारतीय चालक दल फर्कन स्वतन्त्र छन्;’ नयाँ दिल्ली स्थित इरानी दूतावासले टाइम्स नाउलाई बताएको छ कि इजरायलसँग बढेको तनावको बीचमा शनिबार इरानले इजरायली जहाजलाई कब्जा गरेको हो । उक्त जहाजमा भारतीय चालक दलका सदस्यहरु थिए जसलाई इरानले उनीहरुलाई रिहा गर्न सहमती भएसंगै उनीहरु जान स्वतन्त्र रहेको बताए । उक्त कुरा पछि भारतको कूटनीतिक रुपमा ठूलो विजय भएको टाइम्स नाँउले जनाएको छ ।
श्रोतः टाइम्स नाँउ

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै