पाकिस्तानमा विदेशीहरु चढेको गाडीमा आत्मघाती बम हमला २ मारिए

   ७ बैशाख २०८१, शुक्रबार १६:१२  

कराँची, एजेन्सी । पाकिस्तानको कराँची शहरमा विदेशी नागरिक सबार रहेको गाडीलाई लक्ष्ति गरेर आत्मघाती बम हमला हुँदा कम्तीमा दुई जना मारिएको खवर प्राप्त भएको छ ।
पाकिस्तानी प्रहरी अधिकारीहरुको अनुसार कराँचीमा शुक्रवार विदेशी नागरिकहरुलाई बोकेको गाडीमा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको हो ।
गाडीमा सवार सबै पाँच विदेशीहरु हमलाबाट बाँच्न सफल भएको जानकारी दिदै कराँची प्रहरीले भन्यो, आत्मघाती आक्रमणकारी सहित दुई आतंककारीलाई जवाफी फायरिङमा मारिएका छन् । घटनामा बाँचेकाहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
श्रोतः हिन्दुस्तान टाइम्स

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै