नागरिक मिशन भन्दै चीनले अन्तरिक्षमा सैन्य अखाडा बनाउदैः नासा

   ७ बैशाख २०८१, शुक्रबार १६:३३  

वासिंगटन, एजेन्सी । चीनले अन्तरिक्षमा नागरिक मिशन भन्दै सैन्य कार्य गरिरहेको गम्भीर आरोप नासाले लगाएको छ ।
नासाका प्रमुख बिल नेल्सनले अमेरिकी सांसदहरूलाई भने कि “चीनको धेरै तथा कथित नागरिक अन्तरिक्ष कार्यक्रमलाई सैन्य कार्यक्रमको रुपमा रुपान्तरण गरिरहेको हो, जुन विश्व समुदायको लागि ठूलो चुनौती हुने भएको हो” ।
“चीनले अन्तरिक्षमा असाधारण प्रगति गरेको छ, विशेष गरी पछिल्ला १० वर्षमा, तर ती कार्यहरु धेरै गोप्य छन्,” नेल्सनले भने । उनले थपे कि यदि चीनले अमेरिका भन्दा पहिले चन्द्रमामा अवतरण गर्यो भने पहिलेको दाबी गर्न सक्छ । आफ्नो क्षेत्रमा ।
श्रोतः द इन्डिपेन्डन्ट

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै