record zoom meeting windows 10 download zoom app clone zoom free download for pc windows 10 64 bit zoominfo login issues - zoominfo login issues zoom cloud meetings free download for laptop zoom meeting laptop download download zoom ap

संविधान दिवशको अवसरमा गौर कारागारबाट ५ कैदी रिहा

   ३ आश्विन २०७८, आईतवार १८:२४  

तराई टप संवाददाता
रौतहट, ३ असोज । संविधान दिवश २०७८ को अवसरमा रौतहट सदरमुकाम गौर स्थित कारागारमा विभिन्न घटनामा सजाय पाएर कैद भुक्तान गरिरहेका पाँच जना कैदी बन्दीलाई आम माफि दिई आईतवार रिहा गरिएको छ ।
कत्र्तव्य ज्यानमा ३, सवारी ज्यानमा र हातहतियार खरखजानामा १÷१ गरी पाँच जना कैदी बन्दीहरु गौर कारागारमा बसिरहदा उनीहरुको आचरणमा परिवर्तन आएको हुँदा निजहरुलाई आम माफि दिदै संविधान दिवशको अवसरमा आज उनीहरुलाई कारागारबाट रिहाई गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
रौतहटको माधवनारायण नपा २ लौकाहा बस्ने बर्ष २४ का समसुदिन साई सावारी ज्यान, कटहरिया नपा १ का ३२ बर्षिय रामनारायण दास तत्मा कत्र्तव्य ज्यान, यमुनामाई गापा ४ सरुअठाका २६ बर्षिय दिलिप कुमार साह हातहतियार मुद्दा, सर्लाही जिल्ला बरहथवा नपा ३ का ४८ बर्षिय रामदास कत्र्तव्य ज्यान र चन्द्रपुर नपा ८ का ४९ बर्षिय शेरप लो कत्र्तव्य ज्यान मुद्दा गरी पाँच जनालाई कारागार मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी नारायण प्रसाद चिमोरियाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै