नेपाली नागरिक र नेपाल साह्रै राम्रो लाग्योः भोजपुरी अभिनेत्री अक्षरा सिंह

85 Shares

रौतहट, ९ वैशाख । प्रख्यात भोजपुरी नायिका अक्षरा सिंहले भनेकी छिन्, “नेपाल साह्रै राम्रो लाग्यो, यहाँका नागरिकहरु साह्रै रमाइलो रहेको छ, आफूलाई फेरी बोलाउन आग्रह गरेकी छिन्” ।
भोजपुरी नायिका सिंह गएको विहिबार नेपालको मधेश प्रदेश अन्तर्गतका सिरहाको लहानमा आएकी थिइन् । उनलले सिरहाको लहान एक्स्पोमा सहभागि हुँदै दर्शकसामु विभिन्न प्रस्तुति दिदा उनलाई हेर्न धेरै संख्यामा नेपाली दर्शकहरु आएका थिए ।
भारत फर्कनुअघि उनले नेपालका ट्राफिक प्रहरी सँग नेपाली भाषा सिक्दै गरेको भिडियो यतिबेला भाइरल बनेको छ । उनी आफैले फेसबुकबाट भिडियो सेयर गर्दै नेपाली मान्छे र नेपाल धेरै रमाइलो लागेको बताएकी छिन् ।
भिडियोमा अक्षराले नेपाली भाषा बोल्न सिकेको देखिन्छ र उनलाई भाषा सिकाउन नेपाली प्रहरीले सघाएको भिडियो भाइरल भएको छ । भिडियो सेयर गर्दै अक्षरा लेख्छिन्– मायालु मान्छेहरु सँग साह्रै खुशि लाग्यो, उनले आफूलाई फेरी नेपाल बोलाउन पनि आग्रह गरेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार