zoom download recording to computer zoom free download app for pc zoom my money app download zoom latest version download 2021 zoom app windows download free - zoom app windows download free download zoom for pc 64 bit

लोसपाद्धारा रौतहटको गरुडामा कालो दिवश मनाए

   ३ आश्विन २०७८, आईतवार १८:३१  

 

तराई टप संवाददाता
रौतहट, ३ असोज । विभेदकारी संविधान रहेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रौतहटले गरुडा नगरपालिकामा वृहद विरोध प्रदर्शन गरेका छन् ।
महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालका नेता एवं कार्यकर्ताहरु हातमा कालोपर्टी बाँधेर विभिन्न नारावाजी गर्दै विभेदकारी संविधान मधेशी जनतालाई स्वीकार्य नहुने भन्दै आजको दिनलाई कालो दिनको रुपमा मनाइरहेका हुन् ।
जिल्लाभरीको नेता एवं कार्यकर्ताहरुलाई गरुडामा भेला गराएर लोसपाले वृहद जुलुश निकाल्दै अझै समय छ, संविधानमा मधेशी, आदिवासी जनजाती, महिला, मुस्लिम, थारु लगायत विभिन्न सिमान्तकृत जनताहरुको भावनालाई उचित सम्बोधन नगरे मुलुकको आधा जनसंख्या आजको दिनलाई कालो दिनको रुपमा मनाउन बाध्य हुनेछ नेताहरुले सरकार र प्रतिपक्षलाई इंकित गर्दै चर्को शब्दमा भने ।
उक्त विरोध जुलुशमा गौर नपाको मेयर अजयकुमार गुप्ता, कण्ठमुनी जयसवाल, लगायतका नेता एवं कार्यकर्ताहरुको उपस्थितिमा गरुडा नगरको परिक्रमा गर्दै सभामा परिणत भएका थिए ।
एकातिर विरोध सभा चलिरहेको थियो अर्को तिर गौर अस्पतालको विरामीहरुलाई स्थानीय प्रशासनद्धारा फलफुल वितरण गर्दै जिल्ला प्रशासन कार्यालय गौरमा राष्ट्रिय झण्डा फहराइएका थिए । आजको दिनमा विरोध र सर्मथन दुवै पाएपनि सबैले मान्नुपर्ने धारण एवं सवैले हाम्रो संविधान यही हो भनेर मान्नुपर्ने खालका संसोधन हुनु नितान्त आवश्यक रहेको मधेशवादी युवा नेता श्रीमन् नारायण मिश्रले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै