रौतहट, ९ वैशाख । आगलागि, जल उत्पन्न प्रकोप तथा बाढी डुवानको समयमा समयमा जनधनको क्षति हुनबाट जोगाउने उद्देश्यबाट गौरको बरहवा तालमा विपद कृत्रिम घटना अभ्यास कार्यक्रमको आयोजना गरियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हेडक्वाटर रौतहटद्वारा आईतवार गौर नगरपालिका वडा नम्वर ५ स्थित बरहवा तालमा आयोजित उक्त कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना संगको सहकार्यमा विपद कृत्रिम घटना अभ्यास सम्बन्धी कार्यक्रम आयोजना गरिएका थिए ।
उक्त डेमो अभ्यास कार्यक्रममा आगलागि, जल उत्पन्न प्रकोप तथा बाढी डुवान जस्ता अकस्मात आइपर्ने सम्बन्धी घटनाहरुमा परिचालन हुनको निमित्त पूर्वतयारी, जोखिमलाई प्रभावकारी ढंगले कार्य सम्पादन तथा न्यूनिकरण गर्ने उद्देश्यबाट संयुक्त विपद् कृत्रिम घटना अभ्यास कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हेडक्वाटर रौतहटले जनाएका छन् ।
सो कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको संयुक्त विपद कृत्रिम घटना अभ्यास कार्यक्रममा गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, राजदेवी नगरपालिकाको नगरप्रमुख भिखारी राय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलिप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उप निर्देशक अभिनय सिंह, नेपाली सेनाका सेनानी, नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका अध्यक्ष, प्रादेशिक अस्पताल गौर मेडिकल सुप्रिटेण्डेन्ट, स्थानीय जनप्रतिनिधीहरु, सरकारी, गैह्र सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुख, पत्रकार लगायत स्थानीय बासिन्दाहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
बरहवा तालमा संयुक्त विपद कृत्रिम घटना अभ्यास कार्यक्रमको फिचर तस्वीरहरु