इन्टरनेट सेवा तथा सेलुलर नेटवर्क माथि प्रतिबन्ध लगाएर पाकिस्तानमा उप–चुनावः रिपोर्ट

47 Shares

इशलामाबाद, एजेन्सी । पाकिस्तानमा उप निर्वाचनकै विचमा सेलुलर नेटर्वकलाई निलम्बन गरिएको छ ।
पाकिस्तानमा २१ सिटका लागि भएको उपचुनावले पञ्जाब र बलुचिस्तान प्रान्तमा अवरोधहरु देखा परेको हो । केही क्षेत्रमा चुनावी अखण्डता सुनिश्चित गर्न सेल्युलर सेवाहरू अस्थायी रूपमा रोकिएको थियो ।
पीपी–१३९ शेखुपुरामा गोली हानाहान लगायतका हिंसा र विवादका घटना सार्वजनिक भएका छन् । लाहोरमा टकराव देखियो, भारी सुरक्षाबल तैनाथ गरिएको थियो ।
१३ जिल्लामा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ । उप चुनावका बीचमा भईरहेका हिंसालाई रोक्न सेलुलर नेटर्वक सेवा प्रदायक कम्पनीहरुलाई अस्थायी रुपमा बन्द गरेर चुनाव गराउनुबाट स्पष्ट हुँदा पाकिस्तानमा कतिको तनाव रहेका छन् ।
श्रोतः न्यूज कर्नाटका

 

प्रतिक्रिया

सम्बन्धित समाचार