मंगलवार सार्वजनिक विदा

41 Shares

रौतहट, १० वैशाख । कतारको राजा नेपाल भ्रमणमा आउन लाग्दा मंगलवार नेपाल सरकारले देशभरी सार्वजनिक विदा दिएको छ ।
सोमवार मन्त्रिपरिष्दको बसेको बैठकले भोली आउन लागेका कतारको राजाको सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बैठकमा भएको निर्णयलाई सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणमा नेपालमा मंगलबार आउँदैछन् ।
विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने चलन रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार