लालबन्दी र बलरामा आगलागि हुँदा लाखौंको धनमाल जलेर नष्ट

74 Shares

सर्लाही, १० वैशाख । सर्लाही जिल्लाको दुई छुटाछुटै स्थानमा आगलागि हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
लालबन्दीमा दुई घर बलरा नगरपालिकामा सार्वजनिक दलित भवनमा आगलागि भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
लालबन्दी नगरपालिका वडा नम्वर १४ चुरे स्थित हात्तीसुढे गाउाका बुद्धिमान मोक्तान र फुर्साङ मोक्तानको घरमा आगलागिबाट लत्ताकपडा, अन्न, काठदाउरा, लगायतका करिव १५ लाख मूल्य बराबरको सामानहरु जलेर नष्ट भएका छन् ।
फुर्साङको घरमा आगलागिमा पोलेर गोठमा रहेको एउटा भैंसी र एउटा बाख्रा घाइते भएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले वनजंगलमा लागेको डढेलोबाट उक्त आगलागि भएको बताए ।
यसैगरी बलरा नगरपालिका स्थित एक सार्वजनिक भवनमा आगलागी भएको छ । आगलागिबाट बलरा नगरपालिका वडा नम्वर ६, छोटका मिर्जापुरमा दलित भवनको पक्की पर्खाल आगलागि भएर क्षति पुगेको बताइएको छ । आगलागिबाट भवनमा आंशिक क्षति पुगेको छ । बिजुलीको तार सर्ट भएर लागेको आगोबाट विभिन्न सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार