zoom pc download mß╗¢i nhß║¸t zoom download pc latest version how do i update my zoom app zoominfo technologies inc-a zoom cloud meetings for pc download

नेपाल प्रहरीले बरामद गरेको डेढ लाखको पटाका नष्ट गरे

   २७ आश्विन २०७७, मंगलवार १८:०६  

रौतहट, २७ असोज । रौतहटको भारत संग जोडिएको सिमा नाका भएर भारतीय क्षेत्रबाट नेपाल भित्रयाइएको करिव डेढ लाख मूल्य बराबरको पटाका नेपाल प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
चाँडपर्वलाई लक्षित गरेर सिमानाकाको चोर बाटोमा प्रहरीले निगरानी बढाउदा विभिन्न क्षेत्रमा चेकजाँच गर्ने क्रममा दिपावली छठमा पड्काउनका लागि ल्याएको प्रतिबन्धित पटाकाहरु बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले बरामद भएको पटाका जिल्ला प्रशासन कार्यालयमा ल्याएर संचारकर्मीहरुको रोहवरमा सार्वजनिक गरे ।
बरामद भएको पटाकालाई आजै साँझ नष्ट गरिने तथा यस्ता कार्यमा संलग्न व्यक्तिलाई समातेर ऐन कानुन बमोजिम कारवाही गरेमा विस्फोटक पदार्थ ल्याउने कार्य विस्तारै बन्द भएर जाने प्रतिक्रिया दिए । बरामद भएको पटाकाको मूल्य डेढ लाख रहेको समेत उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै