लाहोरमा ६७ वर्षीय भारतीय सिख तीर्थयात्रीको मृत्यु

56 Shares

लाहोर, एजेन्सी । पाकिस्तानको लाहोरमा एक वृद्ध सिख तिर्थयात्रीको मृत्यु भएको छ ।
एक ६७ वर्षीय भारतीय सिख तीर्थयात्री, सरदार जंगिर सिंहको रूपमा चिनिने, हृदयघातका कारण सोमबार लाहोरमा मृत्यु भएको इभाक्यु ट्रस्ट सम्पत्ति बोर्डका प्रवक्ता अमिर हाश्मीले पुष्टि गरेको हो ।
गुरुद्वारा डेरा साहिब लाहोरमा बस्ने क्रममा सिंहलाई हृदयघात भएको थियो, हाश्मीले थपे । “उहाँलाई तुरुन्तै मेयो अस्पताल लाहोर लगिएको थियो जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरे,” उनले भने ।
श्रोतः न्युज १८

प्रतिक्रिया

सम्बन्धित समाचार