सर्लाही, ११ वैशाख । सर्लाहीको बरहथवा नगरपालिकाको हरपूर्वामा सोमवार राति ट्रेक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बरहथवा नगरपालिका वडा नम्वर १५ हरपूर्वा स्थित गहँुको भुस लोड गरेर पिप्राभित्ता तर्फ जाँदै गरेका अनटेष्ट ट्रेक्टर अनियन्त्रित भई पल्छिदा सोही नगरपालिका वडा नम्वर ६ का १७ बर्षिय राजकुमार सिंहको मृत्यु भएका हुन् ।
नहरको बाटो भएर गईरहेका उक्त ट्रेक्टर अनियन्त्रित भई पल्टिदा इन्जिनमा च्यापिएर सिंहको टाउकोमा गम्भीर चोट लागेर घाइते भएको अवस्थामा स्थानीयहरुले उद्धार गरेर बरहथवा अस्पतालमा उपचारको लागि लगिदा चिकित्सकले मृत घोषित गरेका थिए ।
दुर्घटनामा परेका ट्रेक्टरमा सवार मृतकका बुवा तथा धनी ट्रेक्टरधनी रामअवतार सिंह राय, उनकी पत्नी ४२ वर्षीया शान्ति देवी, उनीहरुको अर्का छोरा १२ वर्षीय बब्लुकुमार सिंह र बरहथवा नगरपालिका ५ का ५० वर्षीय प्रमोद सिंह घाइते भएको थियो ।
घाइते चारै जनालाई बरहथवामा सामान्य उपचारपछि राति नै थप उपचारार्थ वीरगन्जतर्फ रेफर गरिएको इप्रका बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिए ।
ट्रेक्टरलाई घटनास्थलबाट उठाएर लौकठ स्थित प्रहरी चौकी हीरापुरमा राखिएको छ । प्रहरीले उक्त घटनाको आवश्यक अनुसन्धान गरिरहेको डिएसपी थापाले भने ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट