रौतहट, ११ वैशाख । रौतहट सदरमुकाम गौर नगरपालिकाको बानेश्वर महादेव मन्दीर नजिक लालबकैयामा निर्माण भएका मधेश प्रदेशका दोश्रो लामो झोलुंगे पुलको सोमवार राति महत्वपूर्ण बोल्टहरु चोरी भएका छन् ।
गौर नगरपालिका वडा नम्वर २ इशनाथ नगरपालिका वडा नम्वर १ बन्जरहालाई जोड्ने लाल बकैया नदीमा निर्माण सम्पन्न भई गत शुक्रवार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उदघाटन गरेका झोलुंगे पुलको पश्चिम तर्फको बोल्टहरु गएराति चारी भएका हुन् ।
गौर नगरमा भईरहेको विकास निर्माणको कार्यलाई हेरेर अपाच्य भईरहेका केही फोहरी राजनीति गर्नेहरुद्धारा यस्ता कार्यहरुलाई गराएर मानविय क्षति पुर्याउने कोशिशमा जुटेको गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले गम्भीर आरोप लगाए ।
फोहरी राजनीति गर्ने केही विकास विरोधी तत्वहरु समाजिक संजालमा दुई दिन अघि देखि नानाथरीका पोष्ट गरेर अक्रान्त मचाउदै आएको र गएराति चोरी गराई आफू चोखिने कार्य उनीहरुलाई ठूलो महगो पर्ने चेतावनी दिदै उनले भने काठमाडौंका प्रतिष्ठीत निर्माण कम्पनीले तयार पारिएका झोलुंगे पुलको गुणस्तरियता माथि प्रश्न चिन्ह उठाउने, रातिको समयमा गएर ढलानलाई हथौंडा एवं ढुंगाले हिर्काउने, वारहरुको लठ्ठालाई क्षति पुर्याउने कार्य भएकोमा त्यस्ता विकास विरोधी तत्वलाई पहिचान गरी समयमै कारवाही गर्न जिल्ला प्रहरी कार्यालयलाई नगरपालिकाबाट पत्राचार गर्ने तयारीमा आफू रहेको स्पष्ट पारे ।
सर्वसाधारण देखि लिएर इशनाथ र गौरका बासिन्दाहरुले साइकल, बाइकबाट उक्त पुल भएर ओहरदोहर गरिरहेको अवस्थामा यसरी झोलुंगे पुलको मुख्य वार कसिएको बोल्टलाई खोलेर गायव बनाउने कार्य एकदमै मानव जीवन संग खेलवाड गर्ने भएको हुँदा त्यस प्रकारको कार्य सह्य नहुने समेत उनले भने ।
यस्तै केही महिना अघि सम्म गौर पुरेनवा जोड्ने झोलुंगे पुलको प्लेट चोरी गराएर बदनाम गर्ने खेल समेत ति फोहरी राजनीति गर्नेहरुको अव नगरबासीहरुले चाँडै पर्दाफास गर्ने बताउदै यदी प्रतिष्पर्धा गर्नु छ भने विकास निर्माणको कार्य सहित समाज सुधारमा गरे हुन्छ, खाली समाज विगार्ने, समाज विरोधी, चरित्रहिन मानिसहरुको कुकृत्य सार्वजनिक एवं भण्डाफोर गर्ने समय आईसकेको उनले स्पष्ट पारे ।
झोलुंगे पुलको हिमशिखर हिरा लेखराज जेभी बत्तीसपुतली काठमाडौंका आधिकारी प्रतिनिधि शेखर रायमाझीले प्राविधिक सहितको टोली बसेर सम्पूर्ण प्रक्रिया पुरा गरिसकेपछि उदघाटन गराएर सर्वसाधारणको लागि खुला गरिएको चार दिन वित्न नपाउदै बोल्टहरु गायव गराउनु, प्लास्टरलाई चिपिंग गरेर भित्रको भागलाई देखाउनु, ३२.७२ मिटरको टवारको ज्वाइन्टलाई समाजिक संजालमा देखाएर के गर्न खोज्नु भएको हो त्यो मलाई थाहा छैन । यहाँको बासिन्दाहरुलाई राम्ररी ढंगबाट ओहरदोहर गर्न सबै प्राविधिक चेकजाँच गराएर उदघाटन पश्चात नगरपालिकालाई हस्तान्तरण गरेकै भोली पल्टबाट प्लास्टरलाई चिपिंग गरेर देखाउने कार्य भएकोमा दुख व्यक्त गर्दै मानव जिवन संग जोडिएका विषयमा संवेदनशिल नभई खाली विरोध भईरहेको प्रति उनले गम्भीर आपत्ती जनाए ।