कतारका राजा अल थानी र प्रधानमन्त्री बीच आज भेटवार्त हुने

61 Shares
रौतहट, १२ वैशाख । दुई दिवशिय नेपाल भ्रमणमा आउनु भएका कतारका शेख तमिम हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) बीच बुधवार द्विपक्षीय वार्ता र सम्झौता हुने भएको छ ।
मंगलवार आउनु भएका कतारका राजा थानीले आज प्रधानमन्त्री प्रचण्ड संग भेट वार्ता गर्न लाग्नु भएको हो । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको र त्यसमा सहभागी हुने बताइएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने कार्यक्रम रहेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका थिए । राष्ट्रपति पौडेलले हिजो अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे ।  राष्ट्रपति पौडेलसँग उनले हिजै भेटवार्ता गरेका थिए ।
उक्त भेटमा नेपाल र कतार बिच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा हिजो राति राजकीय भोजको आयोजना पनि गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार