राति साढे १० बजे सम्म पसलहरु खुला राख्न पाउनुपर्ने माग राख्दै प्रजिअलाई ज्ञापन

110 Shares

रौतहट, १२ वैशाख । धारासायी बन्दै गएको व्यापार क्षेत्रलाई जिवन्त राख्ने उद्देश्यबाट रौतहट उद्योग वाणिज्य संघले राति साढे १० बजे सम्म पसलहरु खुला राख्न पाउनुपर्ने व्यवसायीहरुको माग राख्दै बुधवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालको नेतृत्वमा गएका व्यवसायीहरुले आज प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई व्यसायीहरुको पीडा मर्कालाई ध्यानमा राख्दै राजस्व संकलनको निमित्त भएपनि राति १०.३० बजे सम्म पसल खुला रहनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
बुझाइएको ज्ञापन पत्रमा मुलुकमा रहेका व्यापार व्यवसायमा निकै कमी आईरहदा आर्थिक संकटमा पर्दै कुरा सर्वविदितै रहेको छ । रौतहट सदरमुकाम गौरमा रहेका मदिरा पसल तथा होटल व्यवसायलाई ८ बजे सम्म खुला राख्ने प्रावधानलाई परिवर्तन गर्दै १०.३० बजे सम्म खुला राख्नुपर्ने माग गरिएको छ ।
गर्मीको मौसममा ८ बजेपछि मात्रै ग्राहकहरु आउने गरेको हुँदा व्यवसायीहरु पिडित बन्दै गएको अवस्थालाई मध्यनजर राख्दै राजस्व बढाउन तथा व्यवसायीहरुको व्यापार संचालनका निमित्त साढे १० बजे सम्म पसलहरु खुला राख्नुपर्ने व्यवस्थापन गराउनका लागि प्रजिअ रेग्मी संग संघले आग्रह गरे । ज्ञापन पत्र बुझाउने कार्यक्रममा व्यवसायी रितेश अग्रवाल, रवी गोपाली, जितेन्द्र साह, अमित केसरी लगायतका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवाल यसो भन्छन्ः

उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष जयसवालले भने, छिमेकी जिल्ला वीरगञ्जका नगरप्रमुखले बजार व्यवसायलाई माथि उकास्न बेलाबखतमा रात्री मेलाको आयोजना गर्दै आएका छन् तर हाम्रो यहाँ राति ८ बजे सम्म पसलहरु बन्द गर्नुपर्ने विवशताबाट व्यापार व्यवसाय धारासायी बन्दै गएकोमा दुख व्यक्त गर्दै दिउसोमा अधिकाँश उपभोक्ताहरु सीमापारी गरेर किनमेल गर्दा स्थानीय व्यवसायहरु चौपट भईरहेको छ । राति ८ बजे सम्म मात्रै पसल संचालन गर्नुका कुनै अर्थ नरहेको बहुसंख्यक व्यवसायीको पीडालाई मध्य नजर राख्दै राति साढे १० बजे सम्म पसलहरु खुला रहनुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र मार्फत वातावरण सहज बनाइदिन आग्रह गरिएको उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार