मटिहानीको जरलहवामा भिषण आगलागि, सयौं घर जलेर खरानी

67 Shares

फायल तस्वीर

महोत्तरी, १२ वैशाख । महोत्तरीको मटिहानी नगरपालिकाको जरलहवा टोलमा बुधवार भिषण आगलागि भएको छ तर सात घण्टा देखि आगो नियन्त्रणमा आएको छैनन् ।
मटिहानी नगरपालिका वडा नम्वर ६ जरलहवा टोलमा आज विहान १० बजे सल्केको आगोले पुरै बस्तीका घर जलेर नष्ट भएपनि आगो अहिले सम्म नियन्त्रणमा आउन नसक्दा सयौं घरहरु जलेर खरानी भएका हुन् ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले यस बस्तीमा रहेको सयौं घर जलिसकेको बताए । मानविय क्षतिबारे अहिले सम्म कुनै जानकारी प्राप्त नभएपनि करोडौंको भौतिक सम्पत्ती जलेर खरानी भइसकेको बताए ।
आगलागी नियन्त्रण गर्नको लागि अहिले नगरपालिकाको वारुणयन्त्र सहित जलेश्वर, गौशला, रामगोपालपुर, जनकपुरधाम उपमहानगरपालिकाको वारुण यन्त्रहरुको मद्दतले नियन्त्रण प्रयास जारी रहेको नगरप्रमुख मण्डलले भने ।
अन्य जिल्लाबाट समेत बारुण यन्त्र झिकाउने प्रयास जारी रहेको जानकारी दिदै नगरप्रमुख मण्डलले घटना स्थलमा स्थानीयहरुको साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीहरुको व्यापक उपस्थितीमा आगोलागि नियन्त्रण गर्ने प्रयास जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार