नेपाली काँग्रेसले लगाए पूर्वाधार विकास कार्यालय गौरमा ताला

63 Shares

रौतहट, १३ वैशाख । रौतहट सदरमुकाम गौर स्थित पूर्वाधार विकास कार्यालयमा नेपाली काँग्रेसले ताला लगाइदिएका छन् ।
नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिलकुमार यादवले प्रदेशबाट आएको विकास निर्माण सम्बन्धी कागजातहरु अन्य हेरफेर गरेको, कार्यालय प्रमुख विनोद ठाकुर कार्यालयमा नबसी अन्यत्र गायव रहदै आएको र विगतमा पठाइएका पत्रहरु आर्थिक चलखेल गरेर अन्य व्यक्तिलाई दिदै आएको अराोप लगाउदै पूर्वाधार विकास कार्यालयमा ताल लगाइदिएका हुन् ।
वर्तमान बहालबाला मन्त्रीको इशारामा सबै कागजातहरु कार्यालय प्रमुख ठाकुरले हेरफेर गरेर गडबडी उत्पन्न गर्न खोजेको गम्भीर आरोप लगाउदै बाध्यता बस कार्यालयमा ताला लगाउनु परेको बताए ।
यस्तै नेपाली काँग्रेस मधेश प्रदेशका सूचना संचार विभागका प्रमुख नितेशकुमार गुप्ताले बहालवाला भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवको निर्देशनमा विगतमा आएका योजनाहरुलाई लथालिंग बनाउने कार्यमा कार्यालय प्रमुख ठाकुर र त्यसमा कार्यरत इन्जिनियर रामबाबु साहले रकम लिएर पत्र दिदै आएको गम्भीर आरोप लगाए ।
पूर्वाधार विकास कार्यालयको प्रमुख ठाकुर र इन्जिनियर साहले १५ प्रतिशत कमिशन वापत रकम लिएर योजनाको कागजपत्र दिइरहेको तथा उपभोक्ताबाट काम भएका योजनाहरुको भुक्तानी गर्नु अघि १० प्रतिशत कमिशन दिनेलाई मात्रै भुक्तानी दिदै आएको भन्दै बाध्यता बस कार्यालयमा ताला लगाउनु परेको तराई टप संग उनले भने ।
कमिशन वापतको रकम नपाउदा सम्म कुनै कागजातहरु एवं भुक्तानीको प्रक्रिया थालनी नगर्ने यस्ता भ्रष्ट कर्मचारीहरुलाई आवश्यक कारवाही गर्नुपर्ने उनले सम्बध निकाय संग माग गरे । भोली देखि दैनिक रुपमा पूर्वाधार विकास कार्यालयमा ताला लगाएर यिनीहरुलाई कारवाही नगराए सम्म आन्दोलन गरिरहने चेतावनी गुप्ताल दिए ।
यस बिषयमा पूर्वाधार विकास कार्यालय रौतहटका प्रमुख इन्जिनियर विनोद ठाकुरले उहाँहरुले लगाउनु भएको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै रकम त परै जाओस कसैसंग सुपाडी खाएको छु भने उहाँहरुले प्रमाणित गरेर देखाउन चुनौती दिए ।
जहाँ सम्म प्रदेशबाट आएका कागजातको कुरा हो, त्यस विषयमा उहाँहरु राजनीतिक स्तरबाट समस्या समाधान गर्नुपर्नेमा सबै दोष म माथि थुपार्दा दुख लागेको बताउदै आफू कार्यालय प्रमुखको साथै एउटा इन्जिनियर भएको नाताले विहान कार्यालयमा बसेर दिउसो फिल्डमा गई भईरहेका कार्यहरुको अनुगमन गर्नुपरेको हुँदा उहाँहरु कार्यालयमा आउदा भेट नभएको बताए ।
कार्यालयमा आउनु अघि फोन गरेर भन्नु पर्छ आज हामीहरु आउदैछु तर त्यसो नगरी एकाएक आएपछि आफू फिल्डमा रहेको हुँदा कार्यालयमा ताला लगाउनु अत्यन्तै दुखद कार्य भएको ठहर गर्दै कार्यालय बन्द भएपछि उहाँहरुकै कामकाज प्रभावित हुने उनको कथन रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार