आज देखि कक्षा १२ को बार्षिक परीक्षा सुरु हुँदै

44 Shares
फाइल तस्वीर
राधेश्याम कुशवाहा
सर्लाही, १४ वैशाख । सर्लाही सहित देशै भरी कक्षा १२ को बार्षिक परिक्षा शुक्रवार विहान ८ बजे देखि सुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्ष नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरद्धारा अधिराज्य भरी साधारण, परम्परागत र प्राविधिक विषयको परीक्षा आज विहान ८ बजे देखि सुरु हुन गईरहेको हो ।
विहान ८ बजे देखि ११ बजे सम्म संचालन हुने कक्षा १२ को बार्षिक परीक्षा आउदो वैशाख २६ गते सम्पन्न हुने छ । सर्लाही जिल्लामा २७ सामुदायिक विद्यालय र १ संस्थागत विद्यालय गरी २८ विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । यहाँ परीक्षार्थी संख्या ७ हजार ३३० जना रहेको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सनिलकुमार कुशवाहाले बताए ।
जिल्ला अन्तर्गतका ६२ सामुदायिक विद्यालय, २३ संस्थागत र ३ क्याम्पस गरेर ८८ वटा शैक्षिक संस्थाहरूबाट विद्यार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी हुदैछन् ।
कक्षा १२ को बार्षिक परीक्षालाई मर्यादित एवं शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका निमित्त अनुगमन टोलीमा जिल्ला परीक्षा समन्वय समिति, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, सप्रजिअ होम प्रसाद घिमिरे र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रामवृक्ष महतोको संयोजकत्वमा अनुगमन टोली रहने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार