तराई टप संवाददाता
रौतहट, ५ असोज । ४० किलोग्राम चाँदी सहित रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
गौर नगरपालिका ६ स्थित बसपार्कमा डिउटीमा खटिएको प्रहरीले राजधानीबाट मंगलवार विहान आएको बसबाट ओलिएका ति व्यक्तिको झोला सर्च गर्दा ४० किलोग्राम चाँदी भएको दुई वटा पोका बरामद भएपछि निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
गौर बसपार्कमा ओर्लिएको खवर प्रहरीलाई जानकारी पाउना साथ त्यहाँ डिउटीमा रहेका प्रहरीले चेकजाँचको क्रममा सर्लाही जिल्ला मलंगवा नगरपालिका २ का ३५ बर्षिय विद्यानन्द साहले दाना भएको धातुलाई दुई वटा पोका बनाएर झोलाबाट बरामद भएको र सोको चेकजाँच गर्दा ४० किलोग्राम चाँदी रहेको रौतहट प्रहरीका एसपी विनोद घिमिरेले जानकारी दिए ।
युरिका इन्भेष्टमेन्ट बैंक ज्ञयानेश्वर काठमाण्डौबाट माँ जानकी एण्ड कृष्णा ज्वेलर्सको नाममा २० सेप्टेम्बरको खरिद भएको निजबाट बरामद भएको विलमा देखिन्छ । २० लाखमा खरिद गरिएको चाँदी गौर ल्याउने क्रममा बसपार्कबाट नियन्त्रणमा लिएको सेतो धातुलाई सुनचाँदी व्यवसायीबाट परिक्षण गराएर आवश्यक अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया बुझाउने तयारी भईरहेको एसपी घिमिरले भने ।
ठूलो परिमाणमा चाँदी गौरको व्यवसायीको नाममा आएपनि उक्त चाँदीको खपत न्यून रहेको हुँदा सिमापारी भारतीय बजार तर्फ तस्करी गराउन ल्याउन लागिएको गोप्य श्रोतबाट बुझिएको छ । पटक पटक सुन र चाँदी माँ जानकी एण्ड कृष्णा ज्वेलर्सका संचालक एवं प्रयोग गरिने भरियाहरु पक्राउ परिसकेको भएपनि तस्करीको कारोवारमा कुनै कमी नआएको ति श्रोतले दाबी गरेको छ ।