हैदरावादलाई पाहुना टोलि आरसिबिले ३५ रनबाट हराए

61 Shares

हैदरावाद, ऐजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत विहिवार राति सम्पन्न भएको खेलमा हैदरावादलाइ पाहुना टोलि आरसिबिले ३५ रनबाट हराएका छन् ।
राती सम्पन्न खेलमा बैंगलुरुले दिएको २०७ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउदै १७१ रन मात्रै सिमित बनाए पछि खेल ३५ रनले हारेको थियो ।
यसअघि टाँस जितेर पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २०६ रन बनाएको थियो ।
यो सिजनमा बैंगलुरुको दोस्रो जित हो । ९ खेलमा २ जित र ७ हार बेहोरेको बैंगलुरुको ४ अंक भएको छ र अंकतालिकामा १० नम्वरमा रहेको छ । त्यस्तै सनराइजर्स हैदरावादको भने ८ खेलमा ५ जित र ३ हारसहित १० अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।
शुक्रवार राति नेपाली समय अनुसार ७ः४५ बजेदेखि इडेन गार्डेनमा खेल सुरु हुनेछ । आजको खेल कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार