तराई टप संवाददाता
काठमाडौ । मदिरा उत्पादक संघको ९ औं साधारण सभाबाट ज्योती डिष्टिलर एण्ड केमिकल इन्डस्टिजका संचालक बैजुप्रसाद बाबराको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय समितिको गठन गरिएको छ ।
काठमाडौंको मिनभवन स्थित होटल इम्पेरियलमा सम्पन्न भएको ९ औं केन्द्रीय साधारण सभाबाट सर्व सहमतीले बाबराको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय समितिको चयन गरिएको हो । नवगठित समितिको उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव र सचिवमा राजेन्द्र धिताल, पुलसिंह क्षेत्री, सुरेन्द्र उप्रेती, बरुणकुमार शाहलाई चयन गरिएको छ ।
नविन थापा, सन्तोष कार्की, किसन शाह, किसन धनखत, श्याम शाह नवगठित केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित हुनु भएको छ । नवगठित मदिरा उत्पादक संघको केन्द्रीय अध्यक्ष बैजु प्रसाद बाबराले कोभिडको कारण उद्योग धन्धा ओरालो लागेको अवस्थामा निकै मेहनेत र दक्ष जनशक्तिको प्रयोग गरी माथि उकास्ने कार्यमा लाग्नुपर्ने तथा व्यवसायीक हितमा यो संघले अगामी दिनमा सकारात्मक भुमिका खेल्ने प्रतिबद्धता जनाए ।