रौतहट, १४ वैशाख । पूर्वाधार विकास कार्यालय रौतहटमा व्याप्त अनियमितता एवं कामकाजको हेलचक्रयाई अन्त्य गर्नका लागि नेपाली काँग्रेस रौतहटले जिल्ला समन्वय समितिका सभापति समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश सदस्य सुनिलकुमार यादवको नेतृत्वमा गएका काँग्रेसी नेता एवं कार्यकर्ताहरुले जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादवलाई ज्ञापन पत्र बुझाउदै पूर्वाधार विकास कार्यालयमा व्यप्त रहेका बेथितिलाई अन्त्य गरी अवस्थामा सामान्य बनाउन आग्रह गरेका हुन् ।
आर्थिक बर्ष २०८०÷०८१ मा रातो कितावमा रहेका मधेश प्रदेश सरकारका योजनाहरु यस जिल्लामा परेका सो योजनाहरु पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीको मिलोमतोमा योजनाको पत्र दिनु अघि कमिशन लिई आर्थिक चलखेल गर्दै योजनाहरु विक्री गरिरहेका कार्य साह्रै निन्दनिय रहेको नेपाली काँग्रेसले ठहर गरेको छ ।
आर्थिक चलखेलको आधारमा रौतहटको योजना विक्री गर्दा पूर्वाधार विकास कार्यालयलाई बदनाम गराउनमा कार्यालय प्रमुख विनोद ठाकुर सहितका कर्मचारीहरु संलग्न रहेको सूचना नेपाली काँग्रेसलाई प्राप्त सूचना पछि पार्टीको गम्भीर ध्यानाकर्षण भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
पुर्वाधार विकास प्रमुख ठाकुर र इन्जिनियर रामबाबु साहले खुलेआम १५ प्रतिशत दरले कमिशन माग्ने गरेको गम्भीर आरोप लगाइएको छ । भौतिक पुर्वाधार विकास मन्त्री रासरोज कुमार यादबको निर्देशनमा जिल्लामा विनियोजित बजेट रकमी चलखेलको आधारमा विक्री वितरण भईरहेको तथा उभोक्ता समिती बाट १० प्रतिशत रकम लिएर मात्रै भुक्तानी दिईरहेकोे छ थाहा पाए पछि नेपाली कांग्रेस रौतहटले तालबन्दी लगायतका संघर्षका कार्यक्रम गर्न बाध्य भएका छन् । शुक्रवार विहान १० बजे को समयमा सम्पूर्ण नेताकार्यकर्ताहरु गौर जाउ भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँ सुशासन कायम गराउ । भ्रष्टाचार मुक्त बनाउन समृद्ध समाज निर्माण गरौ । भन्ने नाराहरु लगाउदै जिल्ला समन्वय समितिका सभापतिलाई ज्ञापन पत्र बुझाउदै समस्या तत्काल समाधान नभए संघर्षको कार्यक्रमा जाने समेत चेतावनी दिएको नेपाली काँग्रेस मधेश प्रदेश सूचनासंचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।