रौतहट, १४ वैशाख । सशस्त्र प्रहरीको स्थापना भएको १७ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हेडक्वाटरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
बार्षिकोत्सव कार्यक्रममा प्रमुख आतिथ्यको रुपमा सशस्त्र प्रहरीव वल नेपालको मधेश प्रदेश प्रमुख एवं छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआईजी दिपेन्द्र शाहले सशस्त्र प्रहरीको गठनको उद्देश्यको साथै सीमा क्षेत्रबाट हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने लगायतका विभिन्न कार्यहरुमा अहोरात्र खटिरहेको हुँदा पाएका जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गर्न निर्देशन दिए ।
११ गण हेक्वाबाट सम्पादन भएका कार्यहरु प्रंशासा गर्दै आगमी दिनहरुमा समेत सुरक्षा चुनौतिलाई सामना गर्दै जिल्ला स्तरमा सुरक्षा समितिका सदस्यहरु विगतमा झै निरन्तर समन्वय सहकार्य गरी अगाडी बढ्नु पर्नेमा जोड दिदैँ जनताको जिउधनको सुरक्षामा अहोरात्र खटिन निर्देशनको साथै शुभकामना दिए ।
सो कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानिय निकायका विभिन्न ओहदाका प्रतिनिधिहरु, सीमा सहजिकरण समितिका सदस्यहरु, विभिन्न गैह सरकारी संघ संस्थाका प्रतिनिधिहरु, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु एवं विभिन्न सुरक्षा निकायका कर्मचारीहरु उपस्थित कार्यक्रम सम्पन्न भएका थिए ।
स्थापना दिवस कार्यक्रममा समाजसेवी तर्फका ६ जना, विभिन्न प्रतियोगिताका विजयी १५ जना सशस्त्र प्रहरी कर्मचारी, आन्तरीक कार्य उत्कृष्ट ढङ्गबाट सम्पादन गर्ने २६ जनालाई नगद सहित पुरस्कृत हुने ३ जना सोल्जर अफ द मन्थबाट एक जना सम्मानित भएको छ । अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी १ जना गरेर ५२ जनालाई पुरस्कृत गरिएको सशस्त्र प्रहरी वल नेपाल नम्वर ११ गणले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शुभकामना मनतब्य दिदै सशस्त्र प्रहरीले देशैभरी गराखेको भुमिकाको सराहना गर्दै स्थापना दिवशको शुभकानाम दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारीहरुको समुन्नतीको कामना गर्दै केक काटी सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटको स्थापन दिवस २०८१ अंकित ब्यानर सहितको बेलुन उडाई कार्यक्रम अवधिभर विविध सांस्कृतिक प्रस्तुती गरियो ।
कार्यक्रममा गणपति विक्रम होमागाईले प्रमुख अतिथि तथा विशिष्ट अतिथि प्रति आभार एवं धन्यावाद ज्ञापन गरिएका थिए ।