दुर्गा भगवती र गढीमाईमा आगलागि, ७ वटा गोठ जलेर नष्ट

62 Shares

रौतहट, १४ वैशाख । रौतहटको दुर्गा भगवती र गढिमाइन नगरपालिकामा शुक्रवार दिउसो आगलागि हुँदा ६ लाख भन्दा बढिको भौतिक सम्पत्ती जलेर खरानी भएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी निवासी आनन्द झाको गोठमा विद्युत सर्ट भएर आगलागि भएको हो । गोठमा आगलागि भएपछि स्थानीय बासिन्दाहरुको साथ सशस्त्र वेस क्याम्प भलोहिया र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको सुरक्षाकर्मीहरुको मद्दतबाट थप घरमा आगलागि हुनबाट जोगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएका छन् ।
आगलागिबाट मानविय क्षति नभएपछि करिव एक लाख ५० हजार मूल्यबराबरको सम्पती जलर नष्ट भएको छ ।
यसैगरी गढिमाई नगरपालिका वडा नम्वर ६ पकहा टोलमा बस्ने रामसागर राय यादवको फुसको गोठमा भैंसीलाई पानी खुवाउनका लागि पानी तताउने क्रममा अचानक आगलागि हुँदा ६ जनाको गोठघर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
राम सागर राय यादब फुसको गोठबाट सल्किएको आगोले छिमेकी रामबलम राय, दिनेश साह कानु, काशी राय यादव, विरेन्द्र साह कानु, श्याम साह तेली र विनोद साह तेलीको फुसको गोठ पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।
गोठमा आगलागि भएको जानकारी पाउना साथ सशस्त्र प्रहरीको विओपी समनपुर, प्रहरी चौकी धरमपुरबाट खटिएका सुरक्षाकर्मी सहित स्थानीय बासिन्दाको साथै गौरबाट गएको बारुण यन्त्रको मद्दतबाट आगो माथि नियन्त्रण पाउन सकिएको उनले भने ।
आगलागिबाट ६ वटै गोठमा करिव चार लाख ५५ हजार मूल्यबराबरको क्षति भएको सशस्त्र प्रहरीका एसपी हुमागाईले बताए । हावाहुरीको समयमा दिउसो आगो बाल्नु निकै जोखिमपूर्ण कार्य भएको हुँदा हावाहुरी तथा दिउसो पख आगो नबालन स्थानीय बासिहरु संग आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार