आइपिएलको ४२ औं खेलमा पंजावले केकेआरलाई एतिहाँसिक रुपमा हराए

52 Shares
कोलकत्ता, एजेन्सी । आइपिएलको इतिहासमा पञ्जाब किंग्सले टी–२० क्रिकेटमा विशाल लक्ष्यलाई सफलतापूर्वक पुरा गरेको छ ।
शुक्रबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औँ खेलमा पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो ।
कोलकाता स्थित इडेनगार्डन्सको घरेलु मैदानमा भएको खेलमा पञ्जाबले २ सय ६२ रनको लक्ष्य मात्र दुई विकेटको क्षतिमा ८ बल अगावै पुरा गरेर इतिहास रचे र
टी–२० क्रिकेटको इतिहासमा कुनै पनि टोलीले पछ्याएको यो सबैभन्दा ठुलो लक्ष्य हो । यसअघि सन् २०२३, मे २६ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजविरुद्ध २ सय ५९ को लक्ष्य पछ्याएको थियो ।
कोलकाता र पञ्जाबविरुद्धको खेलमा ४२ छक्का प्रहार गरियो । कुनै पनि टी–२० खेलमा प्रहार भएको सबैभन्दा धेरै छक्का हो । यसअघि आईपीएलमा यो सिजनमा नै सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स तथा रोयल च्यालेन्जर्स बैंगलुरु र हैदराबादबिचको खेलमा ३८ वटा छक्काहरु प्रहार भएका थिए ।
कोलकाताविरुद्ध पञ्जाबले हिर्काएको छक्काको संख्या २४ रहे । टी–२० क्रिकेटमा कुनै पनि टोलीले प्रहार गरेको सर्वाधिक दोस्रो छक्का हो । यसअघि नेपालले गत वर्ष मंगोलियाविरुद्ध २६ वटा छक्का प्रहार गरेको थियो । पञ्जाबले हिर्काएको छक्काको संख्या आईपीएलमा भने सर्वाधिक हो । यसअघि हैदराबदले बैंगलुरु र दिल्ली क्यापिटल्सविरुद्ध २२ वटा छक्का प्रहार गरेको थियो ।
शुक्रबार कोलकाता र पञ्जाबले इडेन गार्डेन्समा बनाएको कूल रनको संंख्या ५२३ पुग्यो । टी–२० को इतिहासमा कुनै पनि खेलमा दुई टोलीले बनाएको सर्वाधिक दोस्रो धेरै रन हो । यसअघि यही आईपीएलमै हैदराबद र बैंगलुरुबिचको खेलमा ५ सय ४९ रन बनेको थियो ।
कोलाकाता र पञ्जाबका चारै ओपनरले अर्धशतक बनाए । फिल साल्ट (७५), सुनिल नरेन (७१), प्रभसिमरन सिंह (५४) र जोन बेयर्सटो (१०८) । आईपीएलको कुनै पनि खेलमा चारै ओपनरले अर्धशतक बनाएको यो पहिलो अवसर हो । पुरुष टी–२० खेलहरूमा भने यो ११ औँ पटक हो । ओपनरहरूले बनाएको ३ सय ८ रन आईपीएलको इतिहासमा सर्वाधिक रन पनि हो ।
२ सय वा सोभन्दा बढीको स्ट्राइक रेटमा बनेको अर्धशतकको संख्या – साल्ट (२५ बल), नरेन (२३ बल), प्रभसिमरन (१८ बल), बेयर्सटो (२३ बल) र शशांक सिंह (२३ बल) । एउटै खेलमा २५ वा सोभन्दा कम बलमा ५ वटा शतक बनेको यो पहिलो अवसर हो ।
पञ्जाबले २ सय वा सोभन्दा बढीको लक्ष्य सफलतापूर्वक पछ्याएको पहिलो अवसर हो । टी–२० क्रिकेटमा कुनै पनि टोलीका लागि यो पहिलो कीर्तिमान हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।