इराकी टिकटक स्टार ओम फहादलाई गोली हानेर हत्या

   १५ बैशाख २०८१, शनिबार १५:३४  

बग्दाद, एजेन्सी । इराकी टिकटक स्टार ओम फहादलाई बग्दादमा गोली हानेर हत्या गरेका छन् ।
इराकी टिकटक स्टार ओम फहादको बग्दाद स्थित उनको आफनै घर बाहिर गोली हानी हत्या गरिएका हुन् ।
टिकटक स्टार फहादलाई गोली हानेर हत्या गरिएको इराकी आन्तरिक मन्त्रालयले एक विज्ञप्तिको माध्यमबाट पुष्टि गरेको छ । उनको हत्याको अवस्थाबारे अनुसन्धान गर्न ‘विशेष कार्य टोली’ गठन गरिएको मन्त्रालयले जनाएको छ ।
फहाद घरबाट बाहिर निस्किेर कारमा बसेपछि मोटरसाइकलमा आएका बन्दुक बोकेका एक व्यक्तिले गोली हानेर हत्या गरिएको बताइएको छ ।
श्रोतः एक्स

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै