रौतहट, १५ वैशाख । टेष्ट टिमको मान्यता प्राप्त रहेका वेष्टइन्डिज ए टिमलाई नेपालले ४ विकेटले हराउन सफल भएको छ ।
नेपाली टिमका कप्तान रोहित पौडेलको विस्फोटक व्याटिंगबाट आएको शतकको मद्दतबाट नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको हो ।
२ सय ५ रनको लक्ष्यलाई पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरे । क्याप्टेन पौडेल ५४ बलमा १० चौका र ६ छक्का सहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए ।
२७ बलमा अर्धशतक पूरा गरेका पौडेलले शतक ४७ बलमा पुरा गरेको थियो । उनको यो टी २० करिअरको पहिलो शतक हो ।
नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिँएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश र गुलशनलाई एक एक रन दिएका थिए । तेस्रो बलमा गुलशनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिँएको थियो । अर्को बलमा चौका हान्दै खेल जिताए । गुलशन ९ र प्रतिश ५ रनमा नट आउट रहे ।
ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६–१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए । ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।
पाँच म्याचको खेलमा दोस्रो खेल भोली आइतबार किर्तीपुर खेल मैदानमा हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन