प्रदेश प्रहरी प्रमुख रंजितकारलाई फसाउनमा महिलाको प्रयोग

   ७ आश्विन २०७८, बिहीबार १७:५९  

तराई टप संवाददाता
रौतहट, ७ असोज । रौतहटको गरुडा नगरपालिकाको जिगडिया स्थित प्रहरी विद्यालयमा कार्यरत शिक्षकलाई स्थायी गर्ने कार्यमा प्रदेश प्रहरी प्रमुखले रकम मागेको सार्वजनिक भएको अडियो रेकर्डमा कुनै सत्यता नभएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय गरुडामा विहिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख डिआईजी उमेश रंजितकारले प्रहरी विद्यालय जिगडियामा करारमा कार्यरत शिक्षक उदेशकुमार पाण्डे र सर्लाही हरिवन नपाको शुशिला थापा नामक महिला बिच भएको अडियो संवादमा स्थायी गर्न डिआजीलाई रकम दिनुपर्छ भनेर रकम माग गरेको कार्य माथि मेरो कुनै संलग्नता नरहेको उनले दाबी गरे । संचारकर्मीको उस्थितिमा महिला र डिआईजी रंजितकारलाई अगाडी सोधपुछ गर्दा दुवै जनाले एक अर्कालाई चिनजान नभएको बताए ।
विभिन्न मिडियामा करार शिक्षक पाण्डे र महिला थापा विच भएको कुराकानीको रेकर्ड सार्वजनिक भएपछि रौतहट प्रहरीले ति महिलालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा महिलाले पाण्डेको इशारामा प्रदेश प्रहरी प्रमुख रंजितकारको नाम मुछिन बाध्य भएको बताइन । आज भन्दा अगाडी उहाँलाई नदेखेको, चिनजान समेत नभएको महिला थापाले बताइन् ।
चिनजान नभएको व्यक्तिको नाम किन फसाइएको प्रश्नको जवाफमा महिला थापाले सवै योजना शिक्षक पाण्डेको रहेको बताउदै आफू मोहरा मात्रै बनेको हुँदा अनाहकमा दुख पाएको बताइन । दुई तिन मिनेटको कुराकानीमा महिलाले आफूलाई पाण्डेले फसाएको र यस सम्बन्धमा केही थाहा नभएको भन्दै भक्कानिएर रुन थालिन ।
डिआइजी रंजितकारले आफ्नो जागिर अवधी कम भएको र माथिल्ला स्तरका नेता एवं हाकिमहरुको आदशेमा प्रहरी बारा र पर्सा पठाउन पटक पटक दवाव आइरहदा पनि त्यसो नगरेको हुँदा आफू विरुद्ध ठूलो षड्यन्त्रको जालो बुनेर फसाउने कार्य भएको दावी उनले गरे ।
इप्रका गरुडाको हिरासमा रहेकी महिलाले डिआइजी रंजितकारलाई फसाउन शिक्षक पाण्डेको भरमा कुरा गरेको स्वीकारेको कुरा डिएसपी श्रीराम भण्डारीले बताए । महिलालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेका छौ तथा अर्का दोषि शिक्षक उदेशकुमार पाण्डेको स्थायी घर पकहा मैनपुर गापा २ मानिक पुर पर्सा जिल्लाको घरमा प्रहरीले छापा मारेपनि उनी सिमापारी भारत तर्फ फरार भएको प्रहरीले जनाएको छ ।

रौतहट ÷ २०७४ साल वैशाख २४ गते प्रावि शिक्षकमा नियुक्त भएका समाजिक विषयका करार शिक्षक उदेशकुमार पाण्डलाई सोही बर्ष फागुन महिनाको ११ गते समाजिक संजालमा विद्यालय र प्रहरी संगठन विरुद्ध अशोभनिय अमर्यादित कुराहरु पोष्ट गरेको कारण २०७४ फागुन १५ गते अनुशासनको कारवाही गरेर विद्यालयबाट निष्काशन गरिए । निजलाई २०७५ साल भदौ १८ गते करार शिक्षकमा नियुक्त गरिएको देखिन्छ । २०७७ साल माघ २० गते मावि तहको शिक्षकको विज्ञापन गर्दा दुई जनाले मात्रै आवेदन दर्ता गराएका थिए जसमध्ये पाण्डे पनि एक थियो । लिखित परिक्षा हुँदा पाण्डे उत्र्तिण भएपछि सक्कल ट्रान्सकिप्ट माग गरिदा अर्को दिएपछि राष्ट्रिय परिक्षा नियन्त्रण कार्यालयमा जाँचबुझ गर्दा पहिलाको लाई मान्यता दिएपछि निजको दाबीलाई रद्द गरियो । यही विषयलाई लिएर ति महिलाले स्थायी गराइदिन्छु भने रकमी चलखेल गरेर डिआइजीलाई फसाउने षड्यन्त्र भएको प्रहरीको दाबी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै