काठमाडौं, १६ वैशाख । राजस्थान रोयल्सले हिजोको खेलमा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै प्लेअफमा स्थान लगभग पक्कापक्की गरेको छ ।
सुपर जायन्ट्सले १९७ रनको लक्ष्य दिएको थिए राजस्थानले ती लक्ष्य को पछ्याउदे १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र ४ छक्कासहित ७१ रनमा नट आउट रहँदै प्लेयर अफ द म्याच चुनिए । ध्रुब जुरेल ३४ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा नटआउट रहँदा यशस्वी जैसवाल २४, जस बटलर ३४, रियान पराग १४, रनमा आउट भए । राजस्थानले ९ खेलमा ८ जित र १ हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । बाँकी ५ खेल मध्य एक खेल जित प्लेअफमा खेल्न पक्का हुनेछ ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुपर जायन्ट्सले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो ।
लखनउका लोकेश राहुलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए । दीपक हुडा ३१ बलमा ७ चौकासहित ५०, क्विन्टन डि कक ८, मार्कस स्टोइनिस शून्य, निकोलस पुरन ११, आयुश बदोनी १८ र क्रुनाल पाण्ड्यले १५ रन जोडे ।
ल्खनउले ९ खेलमा ५ जित र ४ हारसहित १० अंकका साथ चौथो स्थानमा छ । ८ खेलमा १०÷१० अंक भए पनि कोलकाता दोस्रो र हैदराबाद तेस्रो स्थानमा छन् ।
आजको पहिले खेल रोयल चयालेन्जर्स बेङ्गलोरु बनाम गुजरात टाइटन्स नेपाली समय १३ः४५ बाट सुरु हुनेछ । त्यस्ते दोस्रा खेल नेपाली समय ७ः४५ बाट चेत्रई सुपर किङ्स बनाम सनराईजर्स हैदरावाद हुनेछ ।