42
Shares
सर्लाही, १६ वैशाख । सर्लाहीको इश्वरपुर नगरपालिका स्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र भित्र एक पुरुष व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेका छन् ।
इश्वरपुर नगरपालिका वडा नम्वर ४ स्थित सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र भित्रका जंगलमा तराई मुलको जस्तो देखिने अन्दाजी ७० बर्षिय वृद्धको मृत अवस्थामा शव फेला परेका हुन् ।
बेवारिसे अवस्थामा फेला परेका शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । मानसिक सन्तुलन ठीक नरहेको जस्तो देखिने ती पुरुषको हुलिया सबै प्रहरी कार्यालयमा पठाएर सनाखत गराउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट