आज देखि काठमाडौंमा तेश्रो लगानी सम्मेलन सुरु

51 Shares

रौतहट, १६ वैशाख । संघिय राजधानी काठमाडौंमा आईतवार देखि तेश्रो लगानी सम्मेलन सुरु भएको छ ।
तेश्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले विदेशी लगानीकर्ताहरुलाई नेपालमा हृदय देखि स्वागत गर्दछ उनले भनेको हो । आफनो सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले नोपलमा प्रयोग नभएका प्रचुर सम्भावना र अवसरहरुको केन्द्रमा उभिएको देश भएको हुँदा यहाँ लगानीकर्तालाई हृदय देखि स्वागत गर्ने अवसर पाएकोमा धन्यवाद दिए ।
शान्ति प्रिय भगवान गौतम बुद्ध, सगरमाथा र वीरहरुको देश भएको हुनाले यहाँको लगानी विश्वलाई सार्थक हुने बताए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहजता प्रदान गर्न निरन्तर सुधारमा नेपालको सरकार दृढ रहेको उनले बताए । सोही सन्दर्भमा हालै सरकारले कानुनमा परिमार्जन गरेको उनले स्पष्ट पारे ।
उनले मित्र राष्ट्रहरूलाई चाँडोभन्दा चाँडो द्विपक्षीय लगानीमा सम्झौता (बीआईए) मा हस्ताक्षर गर्न समेत आह्वान समेत उनले गरे । नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समुहभित्र रहेको तीव्र रुपमा विस्तार भएको मध्यमवर्गीय जनसंख्याले उपभोक्ता वृद्धिको अपार सम्भावना देखाएको प्रधानमन्त्री प्रचण्डको कथन रहेको छ ।
विदेशी भाषा बोल्ने युवाको संख्या उल्लेख रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा मन पर्ने स्थानीय दक्ष श्रमशक्ति खोज्न समेत मद्दत पुग्ने उनले बताए । नेपालमा पर्यटन, कृषि, उत्पादन, सूचना–प्रविधि, गार्मेन्ट, कृषि प्रशोधनन र पूर्वाधार र उच्च मूल्यका बाली उत्पादन लगायत विभिन्न अवसर उपलब्ध गराएको प्रधानमन्त्री प्रचण्डले बताए ।
जलविद्युतको क्षेत्रमा प्रचुर सम्भावना भए पनि अहिले ३२ सय मेगावाट मात्रै उत्पादन भएको भन्दै उनले ५ हजार ५६८ मेगावाटका ठूला परियोजना सार्वजनिक–निजी–साझेदारीमा निर्माणको चरणमा रहेको स्पष्ट पारे । यसले नेपालको जलविद्युत् क्षेत्रमा प्रचुर अवसर रहेको देखाउने उनको भनाइ छ ।
वैदेशिक लगानी गरेका कम्पनी नाफामुखी देखिएको भन्दै उनले ती कम्पनीले लाभाशं फिर्ता लगेको अवस्थाले समेत नेपालमा लाभदायक लगानीको वातावरण सृजना भएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार