बेष्टइन्डिजले जितका लागि नेपाल समक्ष १६१ रनको लक्ष्य राखे

   १६ बैशाख २०८१, आईतवार १४:०८  

काठमाडौं, १६ वैशाख । दोश्रो टि–२० खेलमा पाहुना टोली बेष्टइन्डिज ए ले नेपाल सामु जितका लागि १६१ रनको लक्ष्य प्रस्तुत गरेका छन् ।
त्रिवि अन्तरराष्ट्रिय खेल मैदानमा पाहुना टोली बेष्टइन्डिजले टस जितेर पहिलो ब्याटिंग गर्न निर्णय गरे । निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १६० रनको योगफाल तयार पार्दै नेपाल सामु जितका लागि १६१ रनको लक्ष्य प्रस्तुत गरेका हुन् ।
वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए भने गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रनमा नट आउट रहे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे ।
तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चाल्र्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनै पनि समय वेस्टइन्डिजले आक्रामक क्रिकेट खेल्न सकेन । वेस्टइन्डिजको कमजोरीको फाइदा उठाउँदै नेपालले लगातार स्पिनर लगाएको थियो ।
रोश्टन चेश, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रनको विस्फोटक ब्याटिंग गर्दै डेढ सय पारी लक्ष्यलाई पुयाउन सफल भयो ।
नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट लिए । पाँच खेलको सिरिजमा नेपाल १(० ले अघि रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै