37
Shares
![](https://www.teraitop.com/wp-content/uploads/2024/04/harikh.webp)
वीरगञ्ज, १६ वैशाख । वीरगञ्ज स्थित हरी खेतान बहुमुखी क्याम्पसमा आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेको छ ।
कक्षा १२ को परीक्षामा सहभागी भएका विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेको हो ।
परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित बनेका विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ ।
आक्रोशित विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोसेर हैरान गरेका थिए । परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पसमाथि ढुंगामुढा समेत प्रहार गरे ।
ढुंगामुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर लगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थितलाई नियन्त्रणमा लिन त्यहाँ बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।