चर्को घाम संगै तातो हावाका कारण तपक्रम ४३ डिग्री

   १६ बैशाख २०८१, आईतवार १५:४१  

रौतहट, १६ वैशाख । वैशाख महिनाको मध्य देखि चल्न सुरु भएको तातो हावाका कारण रौतहट सहित तराई मधेशका जनजिवन प्रभावित भएका छन् ।
तराई मधेशका जिल्लाहरुमा अकाशे पानी पर्न नसकेको त्यसमा पनि चर्किदै घाम संगै निरन्तर रुपमा चलिएका पश्चिमा तातो हावाका कारण रौतहट सहित यस भेगका जिल्लाहरुको जनजीवन प्रभावित बन्दै गएका हुन् ।
चर्को घाम संगैको तातो हावाका कारण सर्वसाधारणहरु घर भित्र बस्न बाध्य रहेको छ । सदरमुकाम गौर सहित जिल्लाका ग्रामिण भेगका सडकहरु प्रायः सुनसान देखिएको छ । तातो हावाको कारण लु लाग्ने सम्भावना बढि रहदा मानिसहरु घर भित्रै थन्किन बाध्य भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आईतवार देखि ५ दिन सम्म चर्को घाम संगै तातो हावा चल्ने जनाएको छ । आउदो २० गते सम्म तराई मधेशमा तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अहिले रौतहट सदरमुकाम गौरको तापक्रम ४३ डिग्री सेल्सीयस रहेको छ । भोली देखि क्रमश तापक्रम बढ्दै जाने संकेत दिइएको हुँदा दिउसो पख घरमै बस्न सर्वसाधारण संग आग्रह गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै