टी–२० सिरिज एक एकको बराबरी

   १६ बैशाख २०८१, आईतवार १६:३६  

काठमाडौं, १६ वैशाख । वेष्ट इण्डिज ए ले टी–२० सिरिजको दोस्रो खेलमा घरेलु टोली नेपाललाई १० रनले पराजित गर्दै पाँच खेलको सिरिजमा १–१ को बराबरी गरेका छन् ।
वेष्ट इण्डिज ए ले १६१ रनको लक्ष्य दिए नेपालले ती लक्ष्य पछ्याउने क्रम्मा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो । नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे ।
ओपनर अनिल शाह १, कुशल मल्ल शून्य, गुल्सन झा ११ बलमा ३ चौका २ छक्ककासहित २६ रन, लोकेश बम १६ बलमा १ चौका २ छक्कासहित १७, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए ।
वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा २४ रन खर्चेर २ विकेट, गुडाकेश मोतीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट, ओशान थोमस र रोस्टन चेशले १–१ विकेट प्राप्त गरे ।
अन्तिम ओभरमा नेपाललाई १७ रन जित्नलाई चाहिएको थियो तर बनाउन सकेनन् अन्ततः पराजित हुन पुगे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै