‘पुष्पा २ द रुल’ को यतिबेला विश्वव्यापी चर्चा

   १६ बैशाख २०८१, आईतवार १७:१८  

काठमाडौं, १६ वैशाख । अभिनेता अल्लु अर्जुन आगामी फिल्म ‘पुष्पा २ ः द रुल’ को यतिबेला विश्वव्यापी चर्चाका बनेको छ ।
फिल्मले रिलिज हुनु अघि नै १२ सय करोड भारु कमाएको खबर बाहिर आएको थियो ।
यतिबेला यो फिल्मलाई लिएर नयाँ खबर आएको छ, अभिनेता अल्लु अर्जुनले पारिश्रमिकमा ३० प्रतिशत वृद्धि गरेका छन् । यसअघि उनले १०० करोड भारु लिने गर्थे । अहिले उनको पारिश्रमिकमा वृद्धि गरेको मिडिया रिपोर्ट बाट बुझिएको छ । अहिले पारिश्रमिक बढाएर १५० करोड भारु पुर्याए ।
१५ अगस्ट २०२४ मा रिलिज हुन लागेको ‘पुष्पा २’ को प्रि–रिलिज कलेक्सनको बारेमा केही जानकारी बाहिर आएको छ । यो फिल्मको हिन्दी डब संस्करणका लागि वितरण राइट २०० करोड भारुमा बिक्री भएको समाचार गत साता आएको थियो ।
यससँगै अडियो र स्याटलाइट राइट्सको डिलको बारेमा पनि जानकारी दिइएको छ र निर्माताले ४५० करोड रुपैयाँ भारु कमाएको बताइएको छ । यसरी प्रि–रिलिजको समयमा नै फिल्मले १ हजार २९५ करोड कमाइ सकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै