जेठरहियामा आगलागि हुँदा सात जनाको पराल र भुस जलेर नष्ट

   १६ बैशाख २०८१, आईतवार १९:५३  

रौतहट, १६ वैशाख । रौतहटको यमुनामाई गाउँपालिकाको जेठरहियामा सात जनाको पराल र भुसमा आईतवार दिउसो आगलागि हुँदा करिव डेढ लाखको क्षति भएको छ ।
यमुनामाई गाउँपालिका वडा नम्वर १ जेठरहियामा आज दिउसो पराल र भुसमा आगो सल्केर आगलागि हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।
राम श्रेष्ठ राउत कुर्मी, जमविर राउत, राम एकवाल सहनी, महेश राउत,. ओम प्रकाश राउत, रमसेवक सहनी र रामपुकार सहनीको पराल तथा भुसमा आगलागि भएको खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बेस क्याम्प भलोहिया र प्रहरी चौकी शुकदेव चोकबाट खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहित स्थानीय बासिन्दाहरुको सहयोगबाट आगो माथि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएको छ ।
आगलागिबाट करिव डेढ लाख मूल्य बराबरको पराल र भुस जलेर खरानी भएको तथा आगलागिको कारण खुल्न नसकेको बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै