आजको मौसम

   १७ बैशाख २०८१, सोमबार ०७:२०  

रौतहट, १७ वैशाख । नेपालमा पश्चिमा वायुको प्रभावको कारण सोमवार लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायतका पहाडी क्षेत्रमा आँशिक देखि साधारणतया बदी रहने तथा अन्य भागमा मौसम सफल रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ । आज दिउसो लुम्बिनी , मधेस र कोशी प्रदेशका केही र बाँकी भू–भागको थोरै स्थानहरुमा तातो हावा–हुरीको सम्भावना रहेको बताइएको छ ।
देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  हुने छ । साथै लुम्बिनी र कोशी प्रदेशका तराईका केही स्थानहरू र बाँकी भू–भागको थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै