दशै तिहा छठको समयमा शान्ति सुरक्षा कायम राख्न एकिकृत सुरक्षा योजना लागु गरिने ः प्रजिअ यादव

   २७ आश्विन २०७७, मंगलवार १८:०९  

रौतहट, २७ असोज । आउन लागेको बडा दशै, तिहार र छठ पर्वलाई मध्य नजर राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले चाँडपर्व एकिकृत सुरक्षा योजनाको अवधारण अपनाउदै जिल्लामा शान्ति सुरक्षा कायम गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा मंगलवार साँझ गरिएको प्रेसमिटलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोभिडको संक्रमणको समयमा आउन लागिएको बडा दशै, तिहार र छठ पर्वको समयमा जिल्लामा कुनैपनि अपराधिक गतिविधि हुन नदिन एवं शान्ति पूर्वक चाँडपर्व मनाउन एकिकृत सुरक्षा योजना लागु गर्ने बताए ।
नेपाल प्रहरी ८५० जना र सशस्त्र प्रहरीको ३७८ जना गरेर १२२८ सुरक्षाकर्मीलाई चाँडपर्व एकिकृत सुरक्षा योजनामा समावेश गरेर जिल्लाभरी परिचालन गर्ने, सोको कमाण्ड पोष्ट जिल्ला प्रशासन कार्यालमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने बताउदै उनले केही संख्यामा सुरक्षाकर्मीलाई रिजर्भ फोर्सको रुपमा राखिने अपठ्यारो भएको स्थानमा तुरुन्तै परिचालन गर्ने जस्ता योजनाहरु रहेको बताए ।
चाँडपर्वको समयमा मोवाइल गस्ती, मादक पदार्थ सेवन गरेर हिड्नेलाई चेकजाँच गरेर कारवाही गर्ने, सिमापारबाट हुन सक्ने तस्करी कार्यलाई पूर्ण रुपमा निष्तेज बनाउने, राजधानीबाट बाहिरिने यात्रुहरु सुरक्षित रुपमा गन्तव्य सम्म पुग्नका लागि राजमार्ग सुरक्षा एवं गस्तीको परिचालन, कोभिड संगै पर्व रहेकोमा सुरक्षाको मापदण्ड अपनाएर मात्रै घरबाहिर निस्कन तथा आफनै परिवार भित्र रहेर पर्व मनाउन समेत उनले जिल्लाबासी संग आग्रह गरे ।
दुर्गा पुजाको समयमा कुनै किसिमको धार्मिक सदभावमा खलल पुग्न नदिन मन्दीरहरुमा थप सुरक्षा व्यवस्था परिचालन गर्नुका साथै हरेक नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउन स्थानीय प्रशासन सचेत भएर अघि बढ्ने जानकारी दिए ।
फोटो क्याप्सन ः जिल्ला प्रशासन कार्यालय रौतहटमा मंगलवार चाँडपर्वलाई मध्यनजर राख्दै एकिकृत सुरक्षा योजनाको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै