zoom for vdi download zoom download 5.8.4 zoom meeting app zoom download numbers zoom desktop client for windows download zoom code finder download

सलार्हीको सिमानाबाट तस्करी मौलाउदै, सुरक्षाकर्मी मालामाल बन्दै

   ८ आश्विन २०७८, शुक्रबार १३:२२  

तराई टप खोज टिम
सर्लाही, ८ असोज । कोभिडको कारण भारत संग जोडिएका मुख्य नाकाहरु बन्द भएपनि विभिन्न चोर नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेका छन् ।
कपडा, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी राँगा, पटाका, श्रृंगार समाग्री लगायतको विभिन्न सामानहरु भारतबाट नेपालमा भित्रने गरेको छ भने नेपालबाट सुकमेल, कालो मरिच, सेतो केराउ, मदिरा रक्सी, छहोरा, डिजेल पेट्रोल, गिटी बालुवा लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ तर नियमनकारी निकाय उक्त कार्यमा मौन समर्थन जनाएको कारण तस्करी नियन्त्रण गर्न सकिएको छैनन् ।
सर्लाहीको बलरा लक्ष्मिपुर, फेनहरा, बहादुरपुर, धनकौल, मलंगवाको झिम नदी किनार, त्रिभुवननगर र सग्राम्पुरबाट साँझ परेपछि कालो कारोवार गर्ने तस्करहरुको रजगज सुुरु हुने गरेको स्थानीयहरु बताउँछन् । उक्त कार्यमा तल देखि लिएर माथि सम्मको सुरक्षाकर्मीहरुको साँठ गाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको आरोप स्थानीयहरुले लगाए ।
प्रसनी मनोज यादवको सेटिंगमा सर्लाहीमा तस्करी मौलाउदै गएको
सर्लाहीको बलराको बलरा नाका भएर रातिको समयमा ५० भन्दा बढि भैसी, १५ देखि २० बटा मोटरसाइकलमा कपडाहरु, चिनी, खाद्यान्न सामग्रीहरु, निर्वाध रुपमा आउने गरेको स्थानीय राजाराम सिंहले बताए । सिमामा ढाँट लागेको छ सर्वसाधारणको लागि तर साँझ परेपछि तस्करहरुको लागि उक्त ढाँट हटाएर तस्कारी गराउनमा सुरक्षाकर्मीको साँठ गाँठ तस्कर संग रहेको हुँदा कसैले केही गर्न सकिएको छैनन् । सर्लाहीमा वेथितीको हद पार गरिसकेको छ पैसा दिदा हातहतियारको तस्करी गराइदिने जस्ता उनले आरोप लगाए सुरक्षाकर्मी माथि । पैसाको लागि त नेपाल प्रहरीले हात हतियारको ओसार पसार गराई दिन्छन् स्थानीय सिंहले भने ।
सिमा सुरक्षा एवं चुहावट नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हुँदा पनि तस्करी कसरी भईरहेको उनी संग प्रश्न गर्दा जहिले देखि सशस्त्र बलरा लगायत जिल्लाको अन्य नाकामा आयो तस्करी झन् बढेर गएका छन् । फेनहारा नाका भएर मकैया भने व्यक्तिले चिनी, चुलबुल साहले किराना, लखिन्दर रायले कपडा, अरवीन्द यादवले किराना मटर स्याउ, सुरेश यादव कपडा, तनविर पेट्रोलियम पदार्थको तस्करी गर्दै आएको छ भने बलरा नाकाबाट फटन यादवले भैसी, सन्तोष साहले कपडा, नागेन्द्र महतोले गिटी बालुवा ओसार्ने गरेको सिंहले भने ।
त्रिभुवन नगर सिमा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज यादवले सर्लाही जिल्लामा तस्करी गराउन सेटिंग मिलाउने कार्य गर्दै आएको छ । प्रसनी यादवले जिल्ला देखि प्रदेश प्रहरी कार्यालय सम्म मिलाउने गरेको श्रोतले बतायो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोष सिंह राठौरको सरुवा हुने वेला भईसकेको र प्रदेश प्रहरी प्रमुख ७ महिनामा घर जाने भएको हुँदा तस्करी गराएर अकुत रकम कमाउनमा व्यस्त रहदा प्रदेश नम्वर २ मा अपराधिक गतिविधिमा वृद्धि हुदै गएको नागरिक अभियन्ताहरुले आरोप लगाए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै