आईपिएलमा सिएसके को धमाकेदार जित

   १७ बैशाख २०८१, सोमबार ०७:३३  

चेन्नई, एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) मा आईतवार राति सम्पन्न भएको दोश्रो खेलमा सनराइजर्स हैदराबादलाई चेन्नाइ सुपर किङ्गसले ७८ रनको फराकिलो अन्तरबाट पराजित गर्दै धमाकेदार जित दर्ज गराएका छन् ।
टस हारेर पहिलो ब्याटिंग गरेका सिएसके ले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउदै २१२ रनको स्कोर खडा गरेका थिए । प्रतिउत्तरमा २१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमै अलआउट हुँदै १३४ रनमै ढेर भए । हैदराबादका लागि एडन मार्क्रमले ३२ बनाए । यो नै हैदराबादका ब्याटरको सर्वाधिक रन सावित भयो । हेनरिक क्लासेन २०, अब्दुल समाद १९, ट्राभिस हेड र नितिश रेड्डीले १५÷१५ रन जोडे ।
चेन्नईका तुषार देशपाण्डेले चार विकेट लिए भने मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले दुई÷दुई तथा रवीन्द्र जडेजा र शार्दुल ठाकुरले एक÷एक विकेट लिएका थिए ।
चेन्नाइका कप्तान रुतुराज गाइकवाडले ९८ रन बनाए । ड्यारिल मिचेलले ५२ र शिवम दुबेले ३९ रनको योगदान दिए । हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले एक÷एक विकेट लिए ।
यो जितसँगै चेन्नाइ १० अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद १० अंक भए पनि रनरेटका आधारमा चौथो स्थानमा खस्किएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै