थोमस कपः इंग्ल्याण्डलाई ५–० ले हराउँदै भारत क्वार्टरफाइनलमा

   १७ बैशाख २०८१, सोमबार १२:५२  

चेङ्दु (चीन), एजेन्सी । साविक विजेता भारत सोमबार चिनियाँ सहर चेङ्दमा भईरहेको समुह सी को खेलमा इंग्ल्याण्डलाई ५–० ले पराजित गर्दै थोमस कपको नकआउट चरणमा प्रवेश गरेको छ ।
पहिलो खेलमा थाइल्यान्डलाई ४–१ गोल अन्तरले पराजित गरेको भारतले लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
एचएस प्रणय विजयी लयमा फर्किए र ह्यारी हुआङलाई २१–१५, २१–१५ ले पराजित गर्दै भारतलाई १–० को अग्रता दिलाए ।
श्रोतः पीटीआई

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै